IME Life New

मुक्तिनाथ विकास बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छन्।

Crest

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभाले सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS