IME Life New

आजसम्म कायम शेयरधनीले यी २ कम्पनीको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ आज कात्तिक १३ गते कायम शेयरधनीहरुले मात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

गुराँस लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा यही कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटाको धनकुटा–१ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले संस्था सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

सभाले बोनस शेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

यसैगरी मुक्तिनाथ कृषि कम्पनीले यही कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँबराबरको नगद लाभांश छन्।

सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर जारी निर्णय विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS