IME Life New

किन पक्राउ परे प्रभु ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद देवी प्रकाश भट्टचन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु को अपरेटिभ सर्भिस सहित देशभरका दर्जनभन्दा बढी सहकारी संस्थाका बचतकर्ताको रकम दुरूपयोग गरेको आरोपमा प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भट्टचनले प्रभु को अपरेटिभ सर्भिस,  प्रभु रेमिट प्रालि, प्रभु म्यानेजमेण्ट प्रालि मार्फत सर्वसाधारणको बचत रकम ऋण, शेयर र लाभांशवापत उपभोग गरेर दुरूपयोग गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरेको हो। प्रहरीका अनुसार, काठमाडाैं जिल्ला अदालतको आदेशबाट अनुसन्धानका लागि ललितपुरको गोदावरीबाट ६२ वर्षिय भट्टचनलाई  मंगलबार नियन्त्रणमा लिइएको हो।

Esewa
Crest

भट्टचन, ‘जेन जी’ आन्दोलनका कारण विघटित प्रतिनिधि सभामा सत्तारूढ दल नेकपा एमालेका मनोनित प्रतिनिधि सभा सदस्य थिए। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछानेविरूद्ध कानूनी कारवाहीका लागि दबाब सिर्जना गरेको सत्तारूढ दलले आफ्नै पार्टीले मनोनित गरेको सांसदलाइ संरक्षण गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरिक्षक शिव कुमार श्रेष्ठका अनुसार भट्टचनले सहकारी संस्थाहरूमार्फत संकलित बचत रकम फिर्ता नगरेको भन्दै ३ दर्जन सहकारीबाट प्राप्त उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो।

ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तीमा नेपाल राष्ट्र बैंकबाट विप्रेषण आप्रवाहका लागि इजाजत प्राप्त प्रभु रेमिट प्रालिले प्रभु म्यानेजमेण्ट प्रालिलाई रेमिट्यान्स सेवाका लागि मुख्य एजेण्ट नियुक्त गरेको थियो। प्रभु म्यानेजमेण्टले देशभरका विभिन्न सहकारीहरूलाई आफ्नो स्थानीय एजेण्टको रूपमा नियुक्त गरेको थियो। एजेण्ट नियुक्त गर्दा प्रभु म्यानेजमेण्टले प्रत्येक सहकारी संस्थासँग धराैटीवापत २० लाख रूपैयाँ धराैटीवापत असुली गरेको थियो।

प्रभु म्यानेजमेण्टले रेमिट्यान्स एजेण्ट नियुक्त गरेवापत सहकारी संस्थासँग धराैटीवापत करिब १ अर्ब रूपैयाँ संकलन गरेको थियो। यसबाहेक सहकारीले सर्वसाधारणलाई भुक्तानी दिएपनि प्रभु म्यानेजमेण्ट र प्रभु रेमिटले सहकारीलाई सोधभर्ना गर्नुपर्ने ठूलो रकम प्रभु ग्रुपले भुक्तानी दिन बाँकी छ।

प्रभु सहकारीमार्फत सर्वसाधारणको एक अर्ब रूपैयाँ प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले दुरूपयोग गरेको भन्दै उकालो डटकमले १ जेठ २०८२ मा खुलासा गरेको थियो । उकालो डटकमका अनुसार, २०८१ असार मसान्तसम्म प्रभु को–अपरेटिभबाट देवी भट्टचनको नाममा आठ करोड ५० लाख, उनका भतिज मिजास भट्टचनको नाममा आठ करोड रुपैयाँ, ताराकुमारी भट्टचनको नाममा १० करोड रुपैयाँ ऋण प्रवाह भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS