IME Life New

खानी खोला हाइड्रोपावरले आजबाट अवितरित हकप्रद शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले आजकात्तिक १२ गतेबाट साढे ४ लाख बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले लिलामी प्रक्रियामार्फत सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्न लागेको हो। यो शेयरमा इच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ता न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन्। अधिकतममा सम्पूर्ण शेयरका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र कात्तिक १९ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडामा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS