IME Life New

मुक्तिनाथ विकास बैंकलाई ‘वाणिज्य बैंक’मा स्तरोन्नति गर्ने प्रक्रिया बढ्दै, वार्षिक साधारणसभा आह्वान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।

मुक्तिनाथलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइने भएको छ। यो प्रस्ताव पारित गर्न बैंकले आफ्नो १९ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १५ गते आयोजना गर्दैछ। सभा कास्कीको पोखरास्थित होटल ग्रान्ड पार्दीमा बिहान १० बजे बोलाइएको छ।

Crest

सोही सभाले मुक्तिनाथलाई वाणिज्य बैंक बनाउने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन पनि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित कुल १८.२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) छन्।

बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ८ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ र गत वर्ष पारित भएको १ अर्ब रुपैयाँ अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भएपछि बैंकको जारी तथा चुक्तापुँजी ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ पुर्याउने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट प्राप्त रायसुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

सभाले सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले असोज ३१ बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ३० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS