IME Life New

असोज १० गतेसम्म सूत्र प्रणाली सुस्त रहन्छः महालेखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले असोज १० गतेसम्म सञ्चित कोष व्यवस्थापना प्रणाली (सूत्र प्रणाली) सुस्त रहने जानकारी गराएको छ।

महालेखाले आज एक सूचना जारी गर्दै सूत्र प्रणाली सुस्त रहने जानकारी गराएको हो। ‘केही पालिकाले बिहान ७ बजेदेखि नै कर संकलन कार्य गरेको, बिहान र बेलुका प्रणाली अति राम्रो भएको सूत्र प्रणाली मर्मत एव स–साना क्षमता बढाउने कार्य भइरहेको छ’, महालेखाले भनेको छ, ‘ईएफटी सर्भरमा क्षमता बढाउने काम भइरहेको हुँदा दिनको ११ देखि ३ बजेसम्म प्रयोगकर्ता बढी हुँदा असोज ७ गतेदेखि असोज १० गतेसम्म सूत्र प्रणाली सुस्त हुनेछ। यसबाट सबैमा परेको असुविधाप्रति क्षमासहित अनुरोध छ।’

Esewa
Crest

गत भदौ २४ गतेदेखि करिब १ हप्ता देशको असहज वातावरण र यसको प्रभाव स्वरुप सूत्र प्रणाली बन्द रहेको महालेखाले जनाएको छ। ‘त्यसपछि हाल सबै निकायले एकसाथ प्रणाली सञ्चालन गर्दा अत्याधिक चाप रहेको, महान चाड बडादसैँका कारण सबै प्रकारका निकासाहरु र खर्च प्रणालीको काम हुँदा प्रयोगकर्ता बढी भएको, प्रतिवेदन तयारी एव लेखापरीक्षणको काम भइरहेको पालिकाहरुको कर छुट अवधिका कारण करदाताहरु कर तिर्ने चाप अति रहेको, प्रणालीको क्षमता सीमित हँदा एक साथ सेवा प्रवाह गर्न समस्या भएको छ’, सूचनामा भनिएको छ, ‘महालेखा नियन्त्रक कार्यालयबाट कार्यालय समय र बिदाको दिनमा प्रणालीको क्षमता बढाउने काम गर्नुपरेका कारणले सूत्र प्रणालीमा केही समस्या भई प्रभावकारी बनाउन गुनासो लिखित र मौखिक रुपमा बढिरहेको अवस्था छ।’

महालेखाबाट स्थानीय तह सञ्चित कोष व्यवस्थापना प्रणाली (सूत्र) को सहजीकरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS