IME Life New

विद्युतको बक्यौता महसुल उठाउने कुलमानको पहिलो निर्णय, ६१ उद्योगबाट करिब २२ अर्ब उठ्न बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आज पदभार ग्रहण गर्दा नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।

घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पटक–पटक उद्योगहरुबाट डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने प्रयास गरेका थिए। यही विषयलाई लिएर तत्कालीन सरकार र घिसिङबीच विवाद पनि चर्किएको थियो। अन्ततः तत्कालीन सरकारले उनलाई प्राधिकरणबाट हटाउने निर्णय गरेको थियो।

Esewa
Crest

जेनजी आन्दोलनपछि नेपालमा सत्ता उल्टिएको छ। हालसम्म ७२ जनाको ज्यान गएको यो आन्दोलनपछि पूर्वन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेको छ भने सोही सरकारको मन्त्री घिसिङ नियुक्त भएका छन्।

प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङले पटक–पटक डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउन उद्योगहरुलाई ताकेता गरेका थिए। यसका लागि उनले किस्ताबन्दीको सुविधा पनि दिएका थिए।

विद्युत प्राधिकरणका अनुसार डेडिकेटेड र ट्रंक लाइनको ६१ उद्योग तथा ग्राहकको हिसाब गर्दा करिब २२ अर्ब रुपैयाँ बक्यौता छ। ‘तीन वटा अवधिको डेडिकेटेड र ट्रंक लाइनको विद्युत बक्यौता रकम उठाउन बाँकी, त्यो रकम १६ अर्ब रुपैयाँभन्दा माथि रहेको’, प्राधिकरणका एक अधिकारीले भने, ‘त्यो रकममा २५ प्रतिशत जरिवाना लगाउँदा करिब २२ अर्ब रुपैयाँ बक्यौता असुल गर्न बाँकी छ।

ती अधिकारीले अब मन्त्रीबाट बक्यौता महसुल उठाउने कार्यलाई प्राथमिकतामा राखेका कारण प्रक्रियागत ढंगले प्राधिकरण अगाडि बढ्ने जानकारी दिए।

यी हुन् बक्यौता महसुल बुझाउन बाँकी उद्योग

प्रादेशिक कार्यालय विराटनगर

बाबा जुट मिल
रघुपती जुट मिल
उदयपुर सिमेन्ट उद्योग
रिलायन्स स्पिनिङ मिल्स
निगाले सिमेन्ट प्रालि
अरिहन्त मल्टीफाइवर लि
अरिहन्त पोलीप्याक लि.

प्रादेशिक कार्यालय जनकपुर

मारुती सिमेन्ट प्रालि
त्रिवेणी सिन्थेटिक यार्न
हिमाल आइरन एन्ड स्टिल
त्रिवेणी स्पिनिङ मिल्स
नारायणी स्पात मिल्स
जगदम्बा स्टिल
जगदम्बा इन्टर प्राइजेज
अशोक स्टिल
हुलास स्टिल
हामा आइरन
एभरेस्ट पेपर मिल
कसमस सिमेन्ट फ्याक्ट्री

बागमती प्रदेश प्रादेशिक कार्यालय

युनाइटेड सिमेन्ट प्रालि
शिवम् सिमेन्ट
हेटौँडा सिमेन्ट

लुम्बिनी प्रादेशिक कार्यालय बुटवल

जीबी टेक्सटाइल
जीबी टेक्सटाइल
नारायण रबर उद्योग
अर्घाखाची सिमेन्ट इन्डस्ट्रिज
विशाल सिमेन्ट इन्डस्ट्रिज
शुभश्री अग्नि सिमेन्ट
एभरेष्ट रोलिङ मिल
सोना पोलिमर्स
विनायक स्पात
जगदम्बा सिन्थेटिक
एसआर फुड्स
घराना फुड्स
सिद्धार्थ पेटप्लास्ट
सोना प्याकेजिङ
गोयन्का फुडस
भलवारी स्वचालित कारखाना
श्याम प्लास्टिक उद्योग
पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज
पन्चकन्या स्टिल इन्डस्ट्रिज
एसआर स्टिल इन्डस्ट्रिज
नवनेपाल प्लास्टिक इन्डस्ट्रिज
शुभ लक्ष्मी पोलिमर्स
नेसनल रबर इन्डस्ट्रिज
जय दुर्गा प्लास्टिक इन्डस्ट्रिज
यशोदा फुड
एजी हेल्थ इन्डस्ट्रिज
सर्वोत्तम सिमेन्ट
बुटवल सिमेन्ट
सिद्धि लक्ष्मी स्टिल
लक्ष्मी स्टिल

लुम्बिनी प्रदेश डिभिजन कार्यालय

सुप हवाई कार्यालय
सोनापुर मिनरल एन्ड आयल
घोराही सिमेन्ट उद्योग
सम्राट सिमेन्ट
रोल्पा सिमेन्ट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS