IME Life New

के नेपाली यूवाको आन्दोलन वास्तवमै बंगलादेशको बाटोमा हिंडेको हो ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भ्रष्टाचारविरूद्धको आन्दोलन छेडेका जेन जी भनेर चिनिने तन्नेरी पुस्ताका यूवाहरूले प्रदर्शनको दोश्रो दिन सत्ता परिवर्तनलाई मुख्य एजेण्डाका रूपमा अघि सारेका छन्।

आन्दोलनको मोर्चामा उत्रिएका यूवाशक्तिले प्रधामन्त्री देखि प्रदेश मुख्यमन्त्रीसम्मको राजीनामा र यूवा नेतृत्वमा अन्तरिम सरकार गठनको माग अघि सारेका छन्। बंगलादेशमा एक वर्ष अघि भएको जनान्दोलनमा पनि यूवा विद्यार्थी शक्तिले नै निर्णायक भूमिका निर्वाह गरेका थिए। उनीहरूको आन्दोलनमा २५० जनाभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउँदा अन्ततः प्रधानमन्त्री शेख हसिना देशै छोडेर भाग्नुपर्ने अवस्था आयो। सत्ता च्यूत भइन् र अहिले अन्तरिम सरकारको नेतृत्व नोबल पुरस्कार विजेत डा. महम्मद युनुसले गरिरहेका रहेछन् ।

Crest

धेरै विकासशील राष्ट्रहरूमा युवा आन्दोलन बारम्बार हुने घटना हो, जुन प्रायः आर्थिक निराशा, राजनीतिक गुनासो र बढी जवाफदेहिताको चाहनाको मिश्रणले प्रेरित हुन्छ। नेपालमा हालै भएको यूवा आन्दोलनलाई बंगलादेशको विगतका आन्दोलनहरूसँग तुलना गर्दा केही उल्लेखनीय समानता देखिन्छ। समानतासँगै केही भिन्नताहरू पनि देखिएका छन्, जसले दक्षिण एशियामा यूवा नेतृत्वको आन्दोलनहरूको गतिशीलतामा उदाहरणीय अन्तर्दृष्टि प्रदान गर्दछ।

नेपालको वर्तमान युवा आन्दोलन: शासन र अवसरको लागि आह्वानः

जीवनको उत्तरार्द्ध नाघि सकेका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनबाट आजीवन पार्टी अध्यक्ष पदमा कायम रहने गरी विधान संशोधन गराउन सफल भएको भोलीपल्टै अकल्पनीयरूपमा यूवा प्रदर्शन भयो। शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा १९ जना कलिला उमेरका यूवा अकालमै ज्यान गुमाउनु परेको छ। यो दुःखद घटनासँगै हरेक नेपाली मन रोएको छ।

नेपालको हालैको यूवा परिचालन, जुन प्रायः सडक विरोधदेखि अनलाइन अभियानसम्म विभिन्न रूपहरूमा देखिन्छ, मुख्यतया सरकारी कार्यसम्पादन, भ्रष्टाचार र आर्थिक अवसरहरूको कथित अभावप्रति व्यापक असन्तुष्टिको परिणती हो। जनसंख्याको एक महत्त्वपूर्ण हिस्सा ओगटेका युवाहरूले आफ्नो बढ्दो शैक्षिक उपलब्धिको बावजुद विशेष गरी सीमान्तकृत महशुस गरिरहेका छन्।

२०७८ सालको जनगणना अनुसार, नेपालको कुल जनसंख्यामध्ये १६ देखि २५ वर्ष उमेर समूहका तन्नेरीले ४२ प्रतिशत हिस्सा ओगटेका छन्। यति ठूलो हिस्सा ओगटेको यूवाहरूको मुख्य मुद्दाहरू मध्ये एक उच्च बेरोजगारी दर र शिक्षित यूवाहरूलाई देश भित्र उपयुक्त जागिर खोज्न कठिनाइ हो। यस्तो पृष्ठभूमीमा विदेशमा काम खोज्ने यूवाहरूको ठूलो मात्रामा बहिर्गमन हुन्छ। यो दिमागी पलायनले बाँकी रहेकाहरूका लागि निराशाको भावनालाई अझ बढाउँछ।

यसबाहेक, राजनीतिक वृत्त र सार्वजनिक संस्थाहरू भित्र व्याप्त भ्रष्टाचारले राज्य प्रणालीप्रति आम नागरिकको मनमा गहिरो अविश्वास जगाएको छ। युवाहरूले प्रायः राजनीतिक नेताहरूबाट बढी पारदर्शिता, जवाफदेहिता र स्रोतसाधनको बढी समतामूलक वितरणको माग गर्दै आएपनि उनीहरूको माग सत्ताको बहिरो कानसम्म पुग्न सकेको छैन।

यही सेरोफेरोमा यूवाहरूले सम्भ्रान्त परिवारका रूपमा चिनिएका नेपालका उच्च ओहोदाका सरकारी अधिकारी र राजनीतिक दलको नेतृत्वको छोराछोरीलाइ नेपो बेबीका रूपमा चित्रित गर्दै सामाजिक सञ्जालभर उनीहरूको विलासी जीवनशैली छताछुल्ल पार्दै आम नागरिकका थुप्रै अनुत्तरित प्रश्नहरू जगाइ दिएका छन्। यूवाहरूको अभियानबाट तर्सिएको सत्ताले टिकटकमा नेपो बेबी सम्बन्धि सबै सामाग्रीहरूमा सेन्सर गरेर बन्द गरिदिएको छ।

नेपाल र बंगलादेशमा यूवा आन्दोलनहरू बीच स्पष्ट समानताहरूः

शासनसँग निराशा: दुबै आन्दोलनहरू मौलिकरूपमा पुराना शासन संरचनाहरूप्रति गहिरो निराशाबाट प्रेरित छन्, चाहे त्यो भ्रष्टाचार होस्, जवाफदेहिताको अभाव होस्, वा अकुशल सार्वजनिक सेवाहरू होस्।

योग्यताका आधारमा अवसरको माग: दुबै देशमा, युवाहरूले सम्बन्ध वा पुरानो नीतिहरूद्वारा निर्देशित हुनुको सट्टा योग्यतालाई पुरस्कृत गर्ने र अवसरहरू सबैका लागि पहुँचयोग्य हुने प्रणालीको माग बढ्दो रूपमा गरिरहेका छन्।

डिजिटल परिचालनको शक्ति: सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरूले दुबै राष्ट्रहरूमा यी आन्दोलनहरूलाई व्यवस्थित गर्न, जानकारी प्रसार गर्न र समर्थन जुटाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । यसले द्रुत परिचालन र ठूलो पहुँचको लागि सहजता दिलाएको छ।

प्रणालीगत परिवर्तनको चाहना: विशिष्ट मागहरूभन्दा बाहिर, दुबै आन्दोलनहरूले यूवाहरूमा प्रणालीगत परिवर्तनहरूको लागि व्यापक इच्छालाई प्रतिबिम्बित गर्दछ जसले अझ न्यायपूर्ण, समतामूलक र समृद्ध समाजतर्फ डोऱ्याउनेछ।

बंगलादेशी जुलाइ क्रान्तिको झल्कोः

बंगलादेशमा सन् २०२४ जुलाइमा शुरू भएको दुइ महिना लामो विशाल जनान्दोलनको निशानमा सत्तारूढ राजनीतिक दल र उनीहरूबाट लाभ लिएका व्यापारिहरूको घर, भवन, व्यापारिक प्रतिष्ठानहरू निशाना बनाइएका थिए। आगलागी गरेका थिए। यही दृश्य मंगलबार बिहानदेखि काठमाडाैं मात्र नभएर धनगढी, झापा, चितवन लगायतमा पनि देखिएको छ। काठमाडाैंमा बुढानिलकण्ठस्थित शेर बहादुर देउवा निवास, नैकापस्थित रमेश लेखक निवास,खुमलटारस्थित पुष्प कमल दाहाल प्रचण्ड निवास, सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ निवासमा अागजनी गरिएका छन्।

भक्तपुर बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओली निवास पनि आन्दोलनकारीले जलाएका छन् । पूर्व सञ्चारमन्त्री र कुनै समयका ओलीको विश्वास पात्र गोकुल बाँसकोटाको भक्तपुर ठिमीस्थित निवास पनि तोडफोड आगजनीमा परेको छ।

राजधानीबासिले घरको छतबाट हेर्दा चारै तिर धुँवाको मुस्लो देखिएको छ। यो दृश्य र बंगलादेशमा जुलाइमा भएको निर्णायक आन्दोलन दृश्य उस्तै छन्।

निष्कर्ष

नेपाल र बंगलादेशमा युवा आन्दोलनहरू, तिनीहरूको अद्वितीय सन्दर्भहरूको बावजुद, जनसांख्यिकीय लाभांश र राष्ट्रको यूवा जनसंख्या भित्र रहेको परिवर्तनकारी परिवर्तनको सम्भावनाको शक्तिशाली सम्झनाको रूपमा काम गर्छन्।

उनीहरूले सरकारले आफ्ना यूवाहरूको मुख्य गुनासो सम्बोधन गर्न आवश्यक पर्ने महत्वपूर्ण आवश्यकतालाई जोड दिन्छन् – आर्थिक अवसरहरू सुनिश्चित गर्ने, सुशासनलाई बढावा दिने, भ्रष्टाचारलाई सम्बोधन गर्ने, र थप समावेशी र योग्य समाज सिर्जना गर्ने।

यी आवाजहरूलाई बेवास्ता गर्नाले थप व्यापक अशान्तिको सम्भावना मात्र हुन्छ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसामू बालुवाटारको हेलिप्याडबाट हेलिकप्टर चढेर शेख हसिनाले झैं सैनिक विमान चढेर भारत पलायन हुने वा सार्वजनिकरूपमा माफी माग्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्ने बाहेक अर्को विकल्प छैन। उनको हठको अझै ठूलो मूल्य चुकाउन अब नेपाली नागरिक तयार देखिंदैनन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS