IME Life New

पासपोर्टको विश्वसनीयताको हिसाबले नेपालको स्तरमा झिनो सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  विश्वभरका पासपोर्टहरूको सबलतातर्फ नेपालको पासपोर्टको साख र विश्वसनीयतामा केही सकारात्मक सुधार देखिएको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संघ (IATA) को विशेष र आधिकारिक तथ्याङ्कका आधारमा लन्डनस्थित ‘हेन्ली एन्ड पार्टनर्स’ ले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स’ को पछिल्लो प्रतिवेदन अनुसार नेपालको पासपोर्ट विश्वव्यापी स्तरिकरणमा ९७औँ स्थानमा उक्लिन पुग्न सफल भएको छ।

यसअघिको स्तरिकरणमा नेपाल १०१औँ स्थानमा थियो। पछिल्लो समय नेपाली राहदानी (पासपोर्ट) को विश्वसनीयतामा क्रमिक रूपमा सुधार भएसँगै नेपालले आफ्नो स्थानमा ४ स्थानको सुधार गर्दै ९७औँ स्थान सुरक्षित गरेको हो।

Esewa
Crest

हेन्ली पासपोर्ट इन्डेक्सले विश्वका १९९ वटा पासपोर्ट र २२७ वटा सम्भावित गन्तव्य (देश तथा क्षेत्र) हरूको अध्ययन गरी यो सूची तयार पार्छ। यसको स्तरिकरण मुख्यतया पूर्व-भिसा बिनाको पहुँच, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक पहलको प्रभावकारिता, सुरक्षा र कानूनी परिपालनाको अवस्था, आर्थिक र राजनीतिक स्थिरताका आधारमा तय गरिन्छ।

सम्बन्धित देशको पासपोर्ट वाहकले अग्रिम भिसा नलगाई (भिसा-फ्री) वा गन्तव्य देशमा पुग्नेबित्तिकै (भिसा अन एराइभल) कतिवटा देशमा सहजै यात्रा गर्न पाउँछन् भन्ने कुरालाई यसको मुख्य आधार मानिन्छ। सम्बन्धित देशको अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध, द्विपक्षीय सम्झौता र पारस्परिकताले पासपोर्टको शक्ति निर्धारण गर्छ। पासपोर्टको सुरक्षा फिचर (जस्तै: बायोमेट्रिक र ई-पासपोर्ट प्रविधि), देशको आन्तरिक सुरक्षा अवस्था, र नागरिकहरूले विदेश भ्रमण गर्दा गर्ने कानुनी परिपालना (अवैध रूपमा नबस्ने प्रवृत्ति) ले यसको विश्वसनीयता बढाउँछ। र, सम्बन्धित देशको आर्थिक हैसियत र राजनीतिक स्थिरताले पनि अन्य देशहरूलाई भिसा नीति खुकुलो बनाउन प्रोत्साहन गर्छ।

पछिल्लो समय नेपाल सरकारले विद्युतीय राहदानीको प्रयोगलाई अनिवार्य र प्रभावकारी बनाउनु, पासपोर्टको सुरक्षा प्रणाली बलियो हुनु र केही देशहरूले नेपाली नागरिकका लागि अन-एराइभल भिसा सुविधामा सहजीकरण गर्नुले नेपाल १०१औँ स्थानबाट ९७औँ स्थानमा उक्लिन मद्दत पुगेको छ। यो सुधारले नेपाली यात्रीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा केही हदसम्म सहजता थप्ने र नेपालको कूटनीतिक साखलाई बलियो बनाउन मार्गप्रशस्त गर्ने देखिन्छ।

९७औँ स्थानमा सुधार हुनु सकारात्मक पक्ष भएपनि दक्षिण एसियाली क्षेत्र र विश्वकै सन्दर्भमा नेपाली पासपोर्टलाई अझै पनि “कमजोर” श्रेणीमै राखिएको छ। दक्षिण एसियामा मालदिभ्स, भारत र भुटान जस्ता देशहरूको पासपोर्ट नेपालभन्दा निकै शक्तिशाली अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS