IME Life New

भदौ २९ बाट २ लाख ३८ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बेच्दै बरुण हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले यही भदौ २९ गतेबाट २ लाख ३८ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ।

कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला खरिद हुन बाँकी रहेको सर्वसाधारण समूहको २ लाख ३८ हजार ४४३ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो।

Esewa
Crest

यो शेयरमा इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतमा सम्पूर्ण कित्ता खरिद गर्न आवेदन दिन पाइनेछ।

बोलपत्र काठमाडौंको टेकुस्थित धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर र खाँदबारी (संखुवासभा) तथा धरानमा पनि पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १२ गते बैंकिङ समयसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS