IME Life New

आधुनिक थोक कृषि बजार सम्बन्धि मुक्तिनाथ कृषि कम्पनीको कार्यशाला सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सहकार्य, नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजना र म्ँऋम्रक्ल्ख् परियोजनाको सहयोगमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले काठमाडौंको लाजिम्पाटमा कार्यशाला कार्यक्रमको आयोजना गरेको छ । कम्पनीले खाद्यान्न जस्तो मानव स्वास्थसंग प्रत्यक्ष रुपमा सरोकार राख्ने क्षेत्रमा सार्वजनिक निजी साझेदारीमा, आधुनिक (अन्तराष्ट्रिय स्तरको) थोक कृषि बजार स्थापना र संचालनको औचित्य, आवश्यकता र लगानी प्रवद्र्धनको लागि कार्यशाला आयोजना गरेको हो ।

कार्यशाला कार्यक्रममा स्वागत मन्तव्य राख्दै, मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले किसानहरुले गरेको उत्पादनको बाइव्याक ग्यारेन्टी गरी उत्पादनमा प्रोत्साहन गर्न अन्तराष्ट्रिय स्तरको थोक बजार आवश्यक रहेकोले कार्यक्रमको आयोजना गरिएको बताए ।

Esewa
Crest

कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्थाः चुनौती र अवसरहरु सम्बन्धमा विज्ञ प्रस्तुतीकरण र आधुनिक थोक कृषि बजार स्थापना र संचालनको नीतिगत विषय तथा हालसम्मका अनुभवहरुको सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कृषि विभाग, नेपाल राष्ट्र बैंक र कृषि उद्यम केन्द्र सम्मिलित प्यानल छलफल भएको थियो ।

प्रमुख अतिथि तथा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका माननिय मन्त्रि रामनाथ अधिकारीले साना किसानहरुको जीवनस्तर उकास्न र ठुला किसानहरुलाई सेवा दिने दिशामा नीजि क्षेत्र लाग्नुपर्ने र मुक्तिनाथ कृषि कम्पनीले शुरु गरेको अभियानमा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने बताए ।

त्यस्तै, मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले कृषि विधेयक मन्त्रिपरिषदमा लैजाने अन्तिम तयारीमा रहेको र ऐन कार्यन्वयन भएपश्चात उत्पादन, प्रशोधन र बजार व्यवस्थापन सम्बन्धि धेरै विषयहरु समाधान हुने बताए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले कृषि सम्बन्धि प्रशोधन, बजारीकरण र अन्य ठुला योजनाहरुलाई अगाडी बढाउन बोर्ड कुरिरहेकोले योजना अगाडी बढाउन सुझाव दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष हेमराज ढकालले नीजि क्षेत्रका समस्याहरु समाधानको लागि महासंघले विभिन्न पहलहरु गरिरहेको र बजार व्यवस्थापनको लागि करार खेति ऐन निर्माण गर्नुपर्नेमा जोड दिए ।

आधुनिक थोक बजार स्थापना र संचालनको सम्बन्धमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले भिडियो मार्फत सरकारले जग्गाको व्यवस्थापन र कृषि बजार सम्बन्धि स्पष्ट कानुन जारी गरेमा, पुराना बजार संचालकहरु र नयाँ व्यवसायिहरुलाई समेट्दै १० अर्व पूँजी लगानी गर्न तयार रहेको सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS