IME Life New

आरम्भ चौतारी लघुवित्तको प्रोफेस्नल ट्रेनिङ फर कम्परहेन्सिभ बिजनेस ग्रोथ तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय बनेपाले सबै प्रदेशहरुमा प्रोफेस्नल ट्रेनिङ फर कम्परहेन्सिभ बिजनेस ग्रोथ तालिम सम्पन्न गरेको छ। साउन १६ गतेबाट कोशि प्रदेशको ईटहरी बाट शुरु गरिको तालिम कर्णाली प्रदेशको विरेन्द्रनगर सुर्खेतमा गएर समापन गरिएको छ ।

सवै स्थानमा आयोजना भएको प्रोफेस्नल ट्रेनिङ फर कम्परहेन्सिभ बिजनेस ग्रोथ तालिम कार्यक्रममा १३५ वटै शाखाहरुमा कार्यरत सबै कर्मचारीहरु तथा प्रदेशहरुमा कार्यरत २२ जना कार्यक्रम अधिकृतहरु गरी ४७२ जना कर्मचारी सहभागी भएका थिए ।

Esewa
Crest

तालिम कार्यक्रममा प्रभावकारी केन्द्र संचालन प्रकृया, प्रभावकारी तथा ग्राहक मैत्री कर्जा असुली वातावरण निर्माण, ग्राहक सदस्य संग सुमधुर सम्वन्ध विस्तार तथा गुनासो सुनुवाई, वित्तीय चेतना अभिमुखीकरण, लेखा प्राणालीमा सुधार, परियोजना निरीक्षण प्रकृया तथा प्रभावकारी कर्जा विश्लेषण, धितो दिने जग्गाको पहिचान तथा मूल्यांकन प्रकृया र गुणस्तरीय कारोवार बृद्धि सम्वन्धमा तालिम लक्षित गरिएको थियो ।

ईटहरी, वर्दिवास, सौराहा, पोखरा, लुम्विनी, नेपालगञ्ज र सुर्खेतमा सम्पन्न भएका तालिम कार्यक्रमहरु संस्थाका प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले समुद्घाटन गरेको समारोहमा सहायक महाप्रवन्धक मनरुपा पौडेल तथा सबै विभागीय प्रमुख ज्यूहरुको उपस्थिीती रहेको थियो भने कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले स्वागत मन्तव्य र प्रमुख व्यापार अधिकृत चन्दन कुमार सरदारले कार्यक्रमको संचालन गरेका थिए ।

लुम्बिनी प्रदेशको लुम्बिनी मा आयोजित कार्यक्रमलाई यसै संस्थाका संचालक समितीका सदस्य गोपाल प्रसाद वश्यालले सम्बोधन गर्दै संस्थालाई लघुवित्त क्षेत्रमा अव्वल संस्थाको रुपमा स्थापित गर्न प्रमुख कार्यकारी अधिकृतले महत्वपूर्ण भुमिका निर्वाह गरेको र संस्थाले आगामी दिनमा राम्रो प्रतिफल दिने बताए ।

कार्यक्रममा गत आर्थिक वर्षमा शतप्रतिशत लक्ष्य पुरा गरेका शाखाहरुलाई बधाई ज्ञापन गर्दै शतप्रतिशत लक्ष्य पुरा गर्न नसकेका शाखाहरुले आगामी दिनहरुमा जिम्मेवार, कर्तव्यनिष्ठ, सकारात्मक उर्जा लिएर कार्य गर्न निर्देशन दिए ।

शाखामा कर्मचारी टिम मिलाएर काम गरेमा जस्तोसुकै काम गर्न सफल हुने बताउँदै प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले हिम्मत गरेर सही काम र सवैले चिन्ने काम गरे अवश्य सफल भईन्छ भनी सकारात्मक उर्जा प्रदान गरे ।

कार्यक्रममा प्रमुख प्रशिक्षक सहायक महाप्रवन्धक मनरुपा पौडेलले गत आर्थिक वर्षको समिक्षा र व्यवसायिकरण, नेपाली लघुवित्त क्षेत्रहरुमा संस्थाको वर्तमान अवस्था र गुणस्तरीय व्यवसाय बृद्धि गर्ने रणनिती, लेखा प्राणलीमा देखीएका समस्याहरु सहजीकरण तथा कर्मचारीहरुलाई उत्प्रेणा सम्बन्धि विषयमा प्रशिक्षण दिनुभएको, प्रशिक्षक मुख्य व्यापार अधिकृत चन्दन कुमार सरदारले कर्मचारी व्यवस्थापन, कर्मचारी आचार संहिता, संस्थागत जोखीम न्यूनीकरण, कर्मचारीको काम, कर्तव्य र जिम्समेवारी सम्वन्धि विषयमा प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक कर्जा विभाग प्रमुख टोप बहादुर रास्कोटीले नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई जारी गरेका निर्देशनहरु, यसै आर्थिक वर्षदेखी लागु भएको आधार दर र व्याजदर निर्धारण प्रक्रिया तथा अफर लेटरको कार्यान्वयन सम्वन्धि, कर्जा चक्र र गुणस्तरीय व्यवसाय बृद्धि सम्वन्धी तथा कर्जा स्विकृती प्रकृयामा देखीएका समस्या तथा समाधानको विषयमा प्रशिक्षण दिएका थिए ।

सवै प्रदेशमा संचालन भएको तालिम कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवालीले कर्मचारीको उच्च मनोवल बृद्धि गराउन आफु सधै लागी पर्ने बताए ।

संस्थागत हितको लागि सबै कर्मचारी एकतावद्ध भएर काम गर्नुपर्ने बताउँदै संस्थागत अनुशाशन भंग गर्ने जो कोहीलाई छुट नहुने बताए ।

कार्यक्रममा आर्थिक वर्ष २०८२/२०८३ वार्षिक योजनाका बारेमा सूचना प्रविधी विभागमा कार्यरत राम प्रसाद पौडेलले डाटा प्रस्तुतीकरण र कार्यक्रमको संचालन टोप बहादुर रास्कोटीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS