IME Life New

नेपाल लाईफले पाँच दिनका लागि थप्यो कर्मचारी स्वेच्छिक अवकाश योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले स्वेच्छिक कर्मचारी अवकाश योजनाको समय सीमा थप ५ दिन अर्थात आइतबारसम्म कायम गरेको छ।

पहिलो पटकको लागि मंगलबारसम्म आवेदन आह्वान गरेकोमा अपेक्षित आवेदन प्राप्त नभएपछि समय सीमा थप गरेको हो। कम्पनीले गत साउन २८ गते बुधबारदेखि लागू गरेको यो योजना अन्तर्गत भदाै ३ गतेभित्र कम्पनी समक्ष तोकिएको ढाँचामा निवेदन दिन आह्वान गरेको थियो।

Esewa
Crest

सम्बद्ध श्रोतका अनुसार, आकर्षक अवकाश योजनामार्फत १०० जनाभन्दा बढी जनशक्तिलाई बिदाई गर्ने अपेक्षा सहित घोषणा गरिएको भएपनि अपेक्षित संख्यामा आवेदन प्राप्त हुन सकेको छैन।

प्राप्त आवेदन संख्या र अवकाश रोज्ने मनशाय बनाएका कर्मचारीहरू समेत यस पटक पनि ५० जनाको हाराहारीले अवकाशका लागि आवेदन दिने अनुमान गरिएको छ।

कम्पनीले कम्तीमा ४ वर्ष सेवा अवधि पुरा भएका र २ वर्ष सेवा अवधि बाँकी रहेका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना घोषणा गरेको हो। यो योजना अन्तर्गत सहभागि हुने कर्मचारीले कम्तीमा १५ महिनाको मासिक आधारभूत तलब(ग्रेड सहित) वापतको रकम क्षतिपूर्ती प्राप्त गर्न सक्नेछन् । अधिकत्तम ३८ महिनासम्मको आधारभूत तलब(ग्रेड सहित)  भत्ता क्षतिपूर्ती प्रस्ताव गरिएको छ।

नेपाल लाईफ इन्स्योरेन्सले दोश्रो पटक कर्मचारी अवकाश योजना लागू गरेको हो । यसअघि २०७९ सालमा १२ कक्षासम्म मात्र शैक्षिक योग्यता भएका कनिष्ठ कर्मचारी लक्षित गर्दै अवकाश योजना घोषणा गरेको थियो। त्यसबेला पनि सीमित संख्यामा मात्र आवेदन प्राप्त भएको थियो। यसपटक चालक देखि वरिष्ठ सहायक महाप्रबन्धकसम्मलाई अवकाश दिने लक्ष्य सहित अवकाश योजना घोषणा गरिएको छ।

यसैबीच हिमालयन लाईफ इन्स्योरेन्सले आह्वान गरेको स्वेच्छिक अवकाश योजनामा २८ जना कर्मचारी सहभागि भएका छन् ।

जीवन बीमकका अनुसार, अवकाश योजनाको माध्यमबाट सेवाबाट बिदाई गर्न खोजिएका कर्मचारीले अवकाश नरोज्ने र संस्थाका लागि महत्वपूर्ण मानिएको कर्मचारीले अवकाश रोज्ने प्रवृत्ती देखिएका कारण अवकाश योजना अन्तर्गत कर्मचारीबाट प्राप्त सबै आवेदन स्वीकृत हुँदैनन्।

स्वेच्छिक अवकाश योजना अन्तर्गत दक्ष जनशक्ति नबाहिरून् भन्ने उद्देश्यले अवकाशका लागि प्राप्त आवेदनहरू स्वीकृत गर्ने वा नगर्ने अधिकार कम्पनीले आफूमा निहित गरेको हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS