IME Life New

जीवन बीमाले झन्डै आधा जनसंख्या ढाक्न लाग्दा अधिकांश नेपाली ‘अन्डरइन्स्योरेन्स’को अवस्थामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा कुल जनसंख्याको झन्डै आधा हिस्सा बीमाको सुरक्षा कवचभित्र समेटिँदा औसत बीमांक रकम भने जम्मा २ लाख ७६ हजार रुपैयाँ मात्र छ। एउटा सामान्य परिवारको मुख्य सदस्यको अनुपस्थितिमा उसको आश्रित परिवारको जीवन यापनका लागि यो ज्यादै थोरै रकम हो।

सामान्य हिसाबमा कुनै पनि व्यक्तिका लागि कति रकमसम्मको जीवन बीमा आवश्यक छ भन्ने अनुमान उसको विद्यमान आयका आधारमा गरिन्छ। जीवन बीमा क्षेत्रमा अनुभवीहरुको भनाइमा कुनै पनि व्यक्तिको वार्षिक आम्दानीको कम्तीमा १५ देखि २० गुणासम्म हुने गरी बीमांक रकम निर्धारण गरिनुपर्छ।

Esewa
Crest

आर्थिक वर्ष २०८१।८२ को आर्थिक सर्वेक्षणअनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर अर्थात विनिमय दरको आधारमा गणना गर्दा २ लाख ११ हजार ८३१ रुपैयाँ पुगेको छ। यस आधारमा १५ वर्षको प्रतिव्यक्ति कुल आम्दानी ३१ लाख ७७ हजार रुपैयाँभन्दा बढी हुने भएकाले कम्तीमा औसत बीमांक ३० लाख रुपैयाँ हुनुपर्ने देखिन्छ।

बीमा प्राधिकरणले प्रकाशन गरेको औसत बीमांकलाई आधार मान्दा नेपालीको औसत बीमांक कुल वार्षिक आम्दानीको जम्मा १.३ गुणामात्र छ। यस आधारमा नेपालमा बीमितको बीमांक रकम अत्यन्तै न्यून देखिएको छ।

छिमेकी मुलुक भारतमा औषत बीमांक रकम ३ गुणाभन्दा बढी रहेको छ। बजाज एलायन्ज लाइफ इन्स्योरेन्सले नेसलन आईक्यूसँगको सहकार्यमा प्रकाशन गरेको ‘अन्डरइन्स्योरेन्स सर्भे २०२५’ प्रतिवेदनमा औसत बीमितको वार्षिक आम्दानीको जम्मा ३.१ गुणा रहेको उल्लेख छ।

जीवन बीमाका लागि न्यूनत्तम बीमांक रकम गणना गर्दा निम्न सूत्र प्रयोग गर्नु उपयुक्छ मानिन्छः

न्यूनतम बीमांक=वार्षिक आम्दानी x १०+ऋण र अन्य वित्तीय दायित्व

Minimum sum assured = Annual Income x 10times + Loans/Liabilities.

भावी वित्तीय दायित्व बहन गर्नका लागि आवश्यक पर्याप्त बीमांकको बीमा नभएको अवस्थालाई ‘अन्डरइन्स्योरेन्स’ अर्थात अपर्याप्त बीमा भनिन्छ। यसैगरी आवश्यकताभन्दा अधिक बीमांकको बीमा भएको अवस्थाले ‘ओभरइन्स्योरेन्स’ अथवा अधिक बीमाको अवस्थालाई जनाउँछ।

नेपाल बीमा प्राधिकरणले कुल जनसंख्या र कुल जारी बीमालेख संख्याका आधारमा ४८.३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको जनाएको छ। प्राधिकरणले म्यादी, लघु, वैदेशिक र सावधिक प्रकृतीका बीमालेखको योग र कुल जनसंख्या (वृद्धिदरसमेत समायोजित) बीचको अनुपातबाट यस्तो निष्कर्ष निकालेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS