IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा पौने ६९ करोड माथि, लाभांश क्षमता करिब १४%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ०.४८ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ६८ करोड ४ लाख रुपैयाँ रहेको छ। यो हिसाबले बैंकले १३.९६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा ९५ करोड ३७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा १०.३५ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ३५ करोड २ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १३.४८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङमा ६८ करोड ४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४१ करोड ७३ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७४ करोड ८ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ६५ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब २७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.४३ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १४.१२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.४८ रुपैयाँ थियो। पीई रेसियो ३०.५९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.४२ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS