IME Life New

इन्स्योरेन्स खबर प्रभावः बीमा प्राधिकरणको बोर्डबाट राधा कुमारी पोखरेल ‘आउट’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिबाट महिला सदस्य राधा कुमारी पोखरेलले राजीनामा दिएकी छिन् ।

प्राधिकरणको सदस्य पदमा नियुक्त हुन अनुभव विहिन पोखरेललाई सरकारले कारवाही नगरेको विषयमा इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेपछि उनलाई राजीनामा गर्न लगाइएको हो। पोखरेलको नियुक्ति समेत मन्त्री परिषद बैठक छलेर मन्त्री स्तरिय निर्णयमार्फत अवैध प्रकृयाबाट गरिएको थियो।

Esewa
Crest

ओझाको योग्यता छानबिन थालेको सरकारको नजर किन परेन पोखरेलको नियुक्तिमा ?

प्राधिकरणको अध्यक्ष शरद ओझाको आचरण ,कार्यक्षमता,  पदिय पालना नगरेको भन्दै सरकारले गत असार ३० गते छानबिन समिति गठन गरेपनि पोखरेलका विषयमा अर्थ मन्त्रालय माैन रहेको थियो। यो विषयमा इन्स्योरेन्स खबरले समाचार प्रकाशन गरेपछि अस्वस्थ्यताको कारण देखाउँदै पोखरेल बोर्ड बैठकमा सहभागि हुन छोडेकी थिइन्।

बैठकमा सहभागि हुन छोडेकी पोखरेलले केही दिन अघि राजीनामा गरेपनि प्राधिकरणले वेबसाइटमा सञ्चालक समिति सदस्यहरूको विवरण मंगलबार मात्र अध्यावधिक गरेको छ। सञ्चालक समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मान बहादुर अर्यालय र सन्तोष रिजाल मात्र छन् ।

अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रुपमा नियुक्त गरेका थिए।

बीमा ऐन २०७९ को दफा ८ मा प्राधिकरणको अध्यक्ष र सदस्यको योग्यतासम्बन्धी प्रावधान रहेको छ। बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड रहेको छ। पोखरेलसँग विशाल बजार लिमिटेडको सञ्चालक समितिमा जम्मा २ वर्ष काम गरेको अनुभव थियो।

अर्थ मन्त्रालयले बीमा ऐन, २०७९ को दफा ७ को प्रावधानबमोजिम पोरखेलको नियुक्तिको निर्णय गरेको जनाए पनि ऐनले अर्थमन्त्रीलाई नियुक्तिको अधिकार नै दिएको छैन। यो अधिकार पूर्ण रुपमा नेपाल सरकार अर्थात् मन्त्रिपरिषदमा मात्र निहीत छ। ऐनको दफा ७ को उपदफा ५ मा ’नेपाल सरकारले’ दफा ८ को उपदफा (१) बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट दफा ६ को उपदफा १ को खण्ड घ र ङ बमोजिमको सदस्यको नियुक्ति गर्नेछ भन्ने व्यवस्था छ। त्यसरी नियुक्त गर्दा कम्तीमा एकजना महिलाको प्रतिनिधित्व हुने गरी नियुक्ति गर्नुपर्नेछ।

बीमा प्राधिकरणको सञ्चालकमा राधाको नियुक्ति नै ‘अवैध’

नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति

 

बीमा प्राधिकरणमा अनुभवविहीन पोखरेललाई महिला सञ्चालकमा नियुक्त गरेकोमा तीव्र आलोचना

अनुभव विहिन  व्यक्ति अवैध प्रकृयाबाट नियुक्त गरिएको भन्दै इन्स्योरेन्स खबरले पोखरेलको नियुक्ति लगत्तै देखि पटक पटक समाचार प्रकाशन गरेको थियो।

सत्तारूढ दलहरूबीच भएको बाँडफाँडको सहमति अनुसार, प्राधिकरण अध्यक्ष ओझा, नेपाली काँग्रेसको सिफारिशमा र पोखरेल, नेकपा एमालेको सिफारिशमा अर्थमन्त्री विष्णु पाैडेलबाट नियुक्त भएकी थिइन् ।

विवादित ओझालाई सञ्चालक समिति अध्यक्ष पदमा नियुक्तिको सिफारिश र पोखरेललाई सदस्य पदमा नियुक्त गर्ने काममा संलग्न अर्थमन्त्री विष्णु पाैडेल समेत कानूनी कारवाहीमा पर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

12%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS