IME Life New

दुई हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुईवटा हाइड्रोपावर कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। यी दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएका छन्।

धितोपत्र बोर्डमा आइपीओ अनुमति माग्नेमा भिजन इनर्जी एन्ड पावर र ह्वाइटहाउस पावर छन्। धितोपत्र बोर्डले अनुमति दिएमा भिजन इनर्जीले ८३ करोड रुपैयाँ र ह्वाइट हाउस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्नेछन्।

Esewa
Crest

भिजन इनर्जीले १०० रुपैयाँ अंकितदरका कुल ८३ लाख कित्ता र ह्वाइट हाउस पावरले १२ लाख १९ हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेछन्।

धितोपत्र बिक्री प्रबन्धकका रुपमा भिजन इनर्जीको एनआईएमबी एस क्यापिटल र ह्वाइट हाउस पावरको नेपाल एसबीआई मर्चेन्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS