IME Life New

विदेशी लगानीको प्रतिबद्धतामा झिनो सुधार, सेवा क्षेत्रमा सर्वाधिक प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा विदेशी लगानीको प्रतिबद्धतामा एक वर्षको अवधिमा झिनो सुधार देखिएको छ। उद्योग विभागले प्रकाशन गरेको वार्षिक तथ्यांक अनुसार, गत आर्थिक वर्ष २०८१।८२ मा प्रतिबद्धता रकममा ४.९ प्रतिशतको सामान्य वृद्धि मात्र भएको छ।

गत अावमा  विदेशी लगानीकर्ताहरूले कुल ६४ अर्ब ९६ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । अघिल्लो आव २०८०।८१ मा ६१ अर्ब ९० करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त गरेको थियो।

Esewa
Crest

विभागका अनुसार, स्वचालित मार्ग मार्फत ४ अर्ब ६१ करोड रुपैयाँ बराबरका ४५१ परियोजनाहरू स्वीकृत भएका छन्। यसबाहेक स्वीकृति मार्ग मार्फत,नेपालले ६० अर्ब ३५ करोड रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त गरेको छ।

सबैभन्दा धेरै सेवा र पर्यटन क्षेत्रमा लगानीको प्रतिबद्धता प्राप्त भएको छ। विभागले ८४ सेवा उद्योगसँग सम्बन्धित परियोजनाका लागि ३० अर्ब ९ करोड रुपैयाँको प्रतिबद्धता स्वीकृत गरेको छ। पर्यटन उद्योगले ३०४ नयाँ परियोजनाहरूका लागि २६ अर्ब ८२ करोड रुपैयाँको प्रतिबद्धता प्राप्त गरेको छ।

वर्ष भरमा कुल ८४० परियोजनाहरूलाई स्वीकृति दिएकोमा सूचना प्रविधिसँग सम्बन्धित परियोजनाहरू सर्वाधिक ३८२ थिए । यो क्षेत्रमा  १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ज गरिएको छ।

५५ उत्पादनमूलक कम्पनीका लागि ३ अर्ब ८४ करोड रुपैयाँ, ऊर्जासँग सम्बन्धित परियोजनाका लागि २अर्ब ५५ करोड रुपैयाँ र कृषीका लागि १ अर्ब४६ करोड रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरिएको छ।

समीक्षा वर्षमा, दुई पूर्वाधार परियोजनाहरूमा ५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS