IME Life New

चीनले तिब्बतको ब्रह्मपुत्र नदीमा २३१ खर्बको लगानीमा विश्वकै ठूलो बाँध बनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक चीनले शनिबारदेखि तिब्बतको ब्रह्मपुत्र नदीमा १६७.८ अर्ब अमेरिकी डलर(२३१ खर्ब १ अर्ब ५८ करोड रूपैयाँ) को लगानीमा बाँध निर्माण शुरू गरेको छ।

चिनियाँ प्रधानमन्त्री ली छियाङले न्यिंगची शहरमा ब्रह्मपुत्र नदीको तल्लो भागमा एक समारोहका बीच शिलान्याश गरेका हुन्। यो नदीलाई स्थानीय रूपमा यार्लुङ जाङबो भनिन्छ।

Esewa
Crest

चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अुनसार, तिब्बत स्वायत्त क्षेत्रको न्यिंगचीको मेनलिङ जलविद्युत स्टेशनको बाँध स्थलमा शिलान्यास कार्यक्रम भएको थियो।

यो बाँध विश्वकै सबैभन्दा ठूलो जलविद्युत परियोजना हुनेछ। यो जलविद्युत परियोजना चीनमा अहिले सञ्चालनमा रहेको विश्वकै ठूलो थ्री गोर्जेज जलविद्युत परियोजनाभन्दा तीन गुणा ठूलो छ।

चीनले ब्रह्मपुत्र नदीमा यो परियोजनाको निर्माण गर्ने घोषणा गरेसँगै तल्लो तटीय देशहरू, भारत र बंगलादेशले चिन्ता व्यक्त गर्दै आएका छन्। यद्दपी सन् २०२३ फेब्रुअरीमा जर्नल अफ हाइड्रोलोजीको अंक ४५ मा प्रकाशित ब्रह्मपुत्र नदी बाँधको प्रभाव सम्बन्धित अध्ययनमा बाँध निर्माण ले भारत र बंगलादेशको तटीय क्षेत्रमा बाढी प्रभावित क्षेत्रलाइ ३२.५६ र १४.८ प्रतिशतले नियन्त्रण गर्ने उल्लेख छ।

बह्रमपुत्र नदी। श्रोतः जर्नल अफ हाइड्रोलोजी

सन् २०२३ मा प्रकाशित प्रतिवेदन अनुसार, निर्माणाधिन जलविद्युत आयोजनाले वार्षिक ३०० अर्ब किलोवाट प्रति घण्टा भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ। यो उत्पादन ३० करोडभन्दा बढी मानिसको वार्षिक बिजुली आवश्यकता पूरा गर्न पर्याप्त छ। थ्री गोर्जेल बाँध परियोजनाको विद्युत उत्पादन क्षमता ८८.२ अर्ब किलोवाट प्रतिघण्टा रहेको छ।

यसले मुख्यतया बाह्य खपतको लागि बिजुली प्रदान गर्नेछ र तिब्बतमा स्थानीय मागलाई पनि सम्बोधन गर्नेछ, जसलाई चीनले आधिकारिक रूपमा सिजाङ भनेर चिनाउँछ।

राष्ट्रिय विकास तथा सुधार आयोग र पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइना लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू र स्थानीयहरू समारोहमा उपस्थित रहेको रिपोर्टमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS