IME Life New

गत वर्षभन्दा १.२० खर्ब राजस्व वृद्धि, ११.७८ खर्ब राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०८०।८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो। प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो। आर्थिक वर्ष २०८०।८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो।

Esewa
Crest

आर्थिक वर्ष २०८१।८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अर्धवार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो। संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए। उनले भने, ‘तयारी सुरु गरिसकेका छौँ। चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौँ।’

चालु आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ। आर्थिक वर्ष २०७१।७२ मा ४ खर्ब ५ अर्ब, २०७२।७३ मा ४ खर्ब ८१ अर्ब, २०७३।७४ मा ६ खर्ब ९ अर्ब, २०७४।७५ मा ७ खर्ब २६ अर्ब र २०७५।७६ मा ८ खर्ब २९ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो।

त्यसैगरी २०७६।७७ मा ७ खर्ब ९३ अर्ब, २०७७।७८ मा ९ खर्ब ३५ अर्ब, २०७८।७९ मा १० खर्ब ६६ अर्ब, २०७९।८० मा ९ खर्ब ५७ अर्ब र २०८०।८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS