IME Life New

जीवन बीमा अभिकर्तामा व्यावसायिकताको विकासः दीर्घकालीन सफलताको सूत्र

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

  • निर्मलकुमार लामिछाने

भूमिका

जीवन बीमा अभिकर्तामा व्यावसायिकताको विकास हुनु भनेको उनको ज्ञान, व्यवहार, सेवा र नैतिकताको सन्तुलित समुन्नति हुनु हो। जसले उसलाई दीर्घकालीन रुपमा सफल र भरपर्दो बनाउन सहयोग पुर्याउँछ। जीवन बीमाको अभिकर्ता वा एजेन्सी म्यानेजर व्यावसायिक हुनका लागि योजनाबद्ध निरन्तर र बहुआयामिक हुन आवश्यक हुन्छ। यसका लागि कम्पनी, प्रशिक्षक र स्वयं अभिकर्ताको सक्रिय भूमिका महत्वपूर्ण हुन्छ।

Crest

ज्ञान र सीपमा विकास

बीमा ज्ञानः अभिकर्तालाई आफूले बिक्री गर्ने हरेक बीमा योजनाको विशेषता, फाइदा, सर्तहरु, अपवादहरु र दाबी प्रक्रियाका बारेमा पूर्ण जानकारी हुनुपर्छ। यसले ग्राहकका प्रश्नहरुको उचित जबाफ दिन र सही योजना छनोट गर्न मद्दत गर्छ।

बजारको जानकारीः बीमा बजारमा भइरहेका परिवर्तनहरु, नयाँ उत्पादनहरु, प्रतिस्पर्धी कम्पनीका योजनाहरु र समग्र आर्थिक अवस्थाबारे जानकार रहनुपर्छ।

वित्तीय साक्षरताः ग्राहकलाई आर्थिक योजना बनाउन सहयोग पुर्याउने ज्ञान आवश्यक हुन्छ।

वित्तीय योजनाको ज्ञानः ग्राहकको वित्तीय लक्ष्य र आवश्यकताअनुसार सही बीमा योजना सिफारिस गर्न आधारभूत वित्तीय योजनाको ज्ञान हुनुपर्छ।

बिक्री र सञ्चार कलाः ग्राहकसँग प्रभावकारी रुपमा कुराकानी गर्न सक्ने क्षमता, उनीहरुको आवश्यकता बुझ्ने बीमाका फाइदाहरु प्रस्ट्याउने र बीमाको बारेमा नकारात्मक सोच भएका व्यक्तिहरुलाई सम्बोधन गर्न सक्ने सीपको विकास गर्नु आवश्यक छ।

प्रशिक्षणहरुमा सहभागिताः कम्पनी वा विभिन्न निकायहरुद्वारा सञ्चालित तालिमहरुमा निरन्तर सहभागिता जनाउने ।

उचित व्यवहार र गुणस्तरीय सेवा

जीवन बीमा अभिकर्ताले ग्राहकलाई मात्र नभएर समाजमा बीमा सचेतना बढाउन पनि उत्तरदायी भूमिका रहने भएको हुँदा उनीहरुको उच्च नैतिक मानवीय र सेवाभाव आवश्यक हुन्छ ।

व्यवसायिक भाषा र शिष्टाचारः ग्राहकले बुझ्न सजिलो स्थानीय भाषा (नेपाली, मैथिली, भोजपुरी आदि) प्रयोग गर्ने।

जटिल बीमा शब्दावली (जस्तै प्रिमियम, अस्वीकृति, निर्धारण अवधि) लाई साधारण भाषा तथा स्थानिय भाषामा उदाहरणसहित बुझाउने।

दुई अर्थ लाग्ने शब्द प्रयोग नगर्ने, ग्राहकलाई भ्रमित पार्ने शब्दहरु प्रयोगमा ल्याएमा त्यसबाट बीमितले बीमाको जानकारी अन्य व्यक्तिलाई बुझाउन सक्दैन जसबाट बीमा बजारी करण हुन सक्दैन ।

समय व्यवस्थापनः भेटघाट, फलोअप, ग्राहकको रोजाइअनुसार गर्नका लागि अभिकर्ताले आफूलाई सधैँ चुस्त र फुर्तिला राखी समयको व्यवस्थापन गर्न सक्नुपर्दछ ।

सञ्चार सीपः स्पष्ट, सरल र ग्राहकको स्तरअनुसार संवाद गर्न सक्ने र सोहीअनुसारको सञ्चार सामाजिक सञ्जालहरुको प्रयोगमा दक्षता राख्नुपर्दछ।

नैतिकता र विश्वास निर्माण

सत्य जानकारी दिनुः ग्राहकलाई झुट्टा आश्वासन नगर्ने।

गोपनीयता कायम गर्नुः ग्राहकको व्यक्तिगत विवरण सुरक्षित राख्ने।

पारदर्शीताः बीमा योजनाको सम्पूर्ण विवरण तथा सुविधाहरुका बारेमा प्रस्ट पार्ने क्षमताको विकास ।

लक्ष्य निर्धारण र मूल्यांकन

व्यक्तिगत लक्ष्य राख्नेः मासिक तथा त्रैमासिक बिक्री लक्ष्यहरु राख्ने।

आत्ममूल्यांकनः सफलता र कमजोरीको नियमित समीक्षा गर्ने तथा त्यस सम्बन्धमा आफूभन्दा सिनियरबाट कमी–कमजोरी मूल्यांकन गर्न लगाई सुधार गर्ने ।

प्रविधिको प्रभावकारी उपयोग

बीमा व्यवसायलाई अझ व्यवस्थित, व्यावसायिक र परिणाममुखी बनाउने उद्देश्यले निम्न प्रविधिहरुको उपयोग गर्न सकिन्छः

ग्राहक डेटाबेस व्यवस्थापन

ग्राहकको व्यक्तिगत विवरण संकलन, वर्गीकरण तथा ट्र्याक गर्न डिजिटल समजिक सञ्जालहरुको प्रयोग गर्नु आवश्यक छ।

डिजिटल मार्केटिङ

सामाजिक सञ्जाल, ई–मेल, वेबसाइट आदिको माध्यमबाट लक्षित ग्राहकलाई खोज्ने र उनीहरुलाई वित्तीय सुरक्षाको महत्वबारे जानकारी दिन सकिन्छ। यसका लागि तल उल्लेखित निशुल्क टुल्सहरुको प्रयोगबाट ग्राहक व्यवस्थापन तथा बीमा योग्य ग्राहक पहिचान गर्न सकिन्छः

आत्मप्रेरणा र नेतृत्व
स्व–अनुशासनकाममा निरन्तरता र इमानदारी राख्ने।

अन्य अभिकर्ताको मार्गदर्शन गर्नेअनुभव बाँड्ने प्रशिक्षण दिने।

नैतिकता र व्यावसायिक आचरण

इमानदारी र पारदर्शीताः ग्राहकलाई बीमा योजनाका सबै सर्त र अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्छ। कुनै पनि गलत जानकारी वा झुटो आश्वासन दिनु हुँदैन।

ग्राहक केन्द्रित दृष्टिकोणः ग्राहकको हितलाई सर्वोपरी राख्नुपर्छ। उनीहरुको आवश्यकताअनुसारको योजना सिफारिस गर्नुपर्छ, न कि धेरै कमिसन आउने योजना।

गोपनीयताः ग्राहकको व्यक्तिगत र वित्तीय जानकारीको गोपनीयता कायम राख्नुपर्छ।

नियमित सम्पर्कः बीमा बिक्री गरिसकेपछि पनि ग्राहकसँग नियमित सम्पर्कमा रही उनीहरुको दाबी प्रक्रियामा सहयोग गर्ने र अन्य कुनै जिज्ञासा भए समाधान गर्ने कार्य गर्नुपर्छ।

निरन्तर सिकाइ र विकास

तालिम र कार्यशालाः बीमा कम्पनी वा नियामक निकायले आयोजना गर्ने विभिन्न तालिम, कार्यशाला र सेमिनारहरुमा सक्रिय सहभागिता जनाउनुपर्छ।

आधुनिक प्रविधिको प्रयोगः बीमासम्बन्धी सफ्टवेयर, अनलाइन सामजिक सञ्जाल र डिजिटल प्लेटफर्महरुको प्रयोगबारे जानकार भई आफ्नो कामलाई अझ प्रभावकारी बनाउनुपर्छ।

पेसागत संगठनहरुमा आबद्धताः बीमा अभिकर्ताका पेसागत संगठनहरुमा आबद्ध भई ज्ञान आदानप्रदान गर्न र नयाँ जानकारी प्राप्त गर्न सकिन्छ।

आत्मअनुशासन र व्यवस्थापन

समय व्यवस्थापनः प्रभावकारी रुपमा ग्राहक भेट्ने, फलोअप गर्ने र प्रशासनिक कामहरु व्यवस्थापन गर्न समय व्यवस्थापनको सीप आवश्यक छ।

लक्ष्य निर्धारणः स्पष्ट र प्राप्त गर्न सकिने बिक्री लक्ष्यहरु निर्धारण गरी त्यसलाई प्राप्त गर्न योजनाबद्ध तरिकाले काम गर्नुपर्छ।

सकारात्मक सोचः अस्वीकृतिहरुलाई सहज रुपमा लिई सकारात्मक सोचका साथ अगाडि बढ्न सक्नुपर्छ।

नेटवर्किङः सम्भावित ग्राहक र अन्य पेसाकर्मीसँग राम्रो सम्बन्ध स्थापित गर्न नेटवर्किङ महत्वपूर्ण हुन्छ।

यी सबै पक्षमा ध्यान दिँदै अगाडि बढ्दा जीवन बीमा अभिकर्ताले आफ्नो व्यावसायिकतालाई अभिवृद्धि गर्दै यस पेसामा सफल हुन सक्छन्।

स्रोतः विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालहरु।

(लेखक लामिछाने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कानुन तथा दाबी विभागका प्रमुख हुन्।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS