IME Life New

सन नेपाल लाइफको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता अवितरित हकप्रद शेयर आज असार २३ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्री राखिएको छ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रदमा खरिद आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता शेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक समूहको ८० हजार २२२ कित्ता र सर्वसाधारण समूहको १ लाख ४४ हजार ५०६ कित्ता रहेको छ।

Esewa
Crest

यो शेयरमा न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

क्रीमा राखिएको शेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन दिँदा संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता तथा अधिकतममा सम्पूर्ण कित्ताका लागि दिन सकिनेछ।

लगानीकर्ताले असार ३० गते बैंकिङ समयसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन काठमाडौं ठमेलस्थित धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयका साथै सन नेपाल लाइफका काठमाडौंको पुतलीसडक, विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयमा पेस गर्न सकिनेछ।

कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म आफ्ना शेयरधनीहरुलाई १ः०.२७ अनुपातमा अर्थात २७ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS