IME Life New

मुख्य सूचकबाट हेरौँ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख्य सुधार भएको देखिन्छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको तथ्यांकले यस्तो देखिएको हो।

आयात र निर्यात बढेको छ भने महँगी घटेको छ। रेमिट्यान्स बढ्दा विदेशी मुद्राको सञ्चितिमा उल्लेख सुधार आएको छ।

Esewa
Crest

मुख्य सूचकहरु

मुद्रास्फीति

२०८२ वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४० प्रतिशत रहेको थियो।

निर्यात

आर्थिक वर्ष २०८१।८२ को १० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले वृद्धि भई रु. २ खर्ब १७ अर्ब ९१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो।

आयात

आर्थिक वर्ष २०८१।८२ को १० महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.४ प्रतिशतले कमी आएकोे थियो।

वैशाखसम्म कुल वस्तु व्यापार घाटा ६.७ प्रतिशतले वृद्धि भई रु. १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.३ प्रतिशतले कमी आएकोे थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो।

रेमिट्यान्स

आर्थिक वर्ष २०८१।८२ को १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १३.२ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। २०८२ वैशाख महिनामा विप्रेषण आप्रवाह रु. १ खर्ब ६५ अर्ब ३० करोड रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१ खर्ब १५ अर्ब ९९ करोड रहेको थियो।

चालु खाता र शोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता रु. २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ।

विदेशी मुद्रा सञ्चिति

२०८१ असार मसान्तमा रु. २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २०८२ वैशाख मसान्तमा रु.२५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा
२०८२ वैशाख मसान्तमा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ। आर्थिक वर्ष २०८१।८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS