IME Life New

बीमालेख समर्पणको रकमभन्दा तेब्बर बढी व्यतितको उठ्न बाँकी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीले व्यतित बीमालेखको उठ्न बाँकी रकम चुलिएको छ। बीमालेख समर्पणबाट कम्पनीहरुबाट बाहिरिने रकमभन्दा व्यतित बीमालेखको उठ्न बाँकी रकम तेब्बर रहेको देखिएको छ।

बढ्दो वित्तीय आवश्यकता, वित्तीय दबाब, बीमाको ज्ञानमा कमीलगायत विभिन्न कारणले बीमालेख समर्पण रकम र व्यतित बीमालेखको उठ्न बाँकी रकम बढ्दै गएको हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले सार्वजनिक बीमा प्रतिविम्बअनुसार चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म जीवन बीमा कम्पनीहरुबाट बीमालेख समर्पणबाट १२ अर्ब २७ करोड रुपैयाँ बाहिरिँदा व्यतित बीमालेखको ३६ अर्ब ८६ करोड रुपैयाँ उठ्न बाँकी थियो। यो व्यतित बीमालेखको रकम समर्पणबाट बाहिरिने रकमभन्दा तेब्बरले बढी रहेको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म कम्पनीहरुमा ८८ हजार ६३५ वटा बीमालेख समर्पण गरिएका छन्। यी बीमालेख समर्पणबाट कम्पनीहरुबाट १२ अर्ब २७ करोड २३ लाख रुपैयाँ बाहिरिएको छ।

अघिल्लो आर्थिक वर्षको वैशाखसम्म ८९ हजार ७७ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट १० अर्ब ९८ करोड ७१ लाख रुपैयाँ बाहिरिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा समर्पण रकम ११.७० प्रतिशतले बढेको छ।

यसैगरी व्यतित बीमालेखको संख्या र रकम दुवै बढेको छ। प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म १२ लाख ५४ हजार ४७८ वटा बीमालेख व्यतित भएका छन्। ती व्यतित बीमालेखबापत कम्पनीहरुले ३६ अर्ब ८६ करोड १० लाख रुपैयाँ उठाउन बाँकी छ।

अघिल्लो वर्ष वैशाखसम्म कम्पनीले ११ लाख २३ हजार ७४२ वटा व्यतित बीमालेखको ३० अर्ब ९८ करोड ६७ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा व्यतित बीमालेख संख्या र रकम क्रमशः ११.६३ प्रतिशत र १८.९६ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS