IME Life New

कम्तीमा ९०% पुँजीगत खर्च गर्ने गरी काम गर्नुपर्छः निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष २०८२।८२ को बजेट अपेक्षाकृत भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो धारणा राखेका हुन्। ‘यद्यपि, त्यसको कार्यान्वयनमा सफल हुनुपर्छ’, उनले भने, ‘आगामी आवमा कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्छ।’

Esewa
Crest

अध्यक्ष सिंहले विगतमा कुनै एउटा क्षेत्रलाई लाभ दिएको छ भन्ने कुरा आउने गरेको भए पनि यो पटकको बजेट त्यस्तो कुरा नरहेको बताए। निर्माण क्षेत्रका लागि केही राहतका कुराहरु पनि आएको उनले बताए।

दुई वर्षभित्र गौरवका योजना सम्पन्न गर्ने लक्ष्य लिएको कुरा निकै राम्रो भएको सिंहको भनाइ थियो। ‘अहिले योजना आयोग र सरकारले सहकार्य गरेको अनुभूति भएको छ’, उनले भने, निर्माण क्षेत्रका सुझाबहरुलाई समेटेको भए लक्ष्य प्राप्त हुने र आम जनताले लाभ पाउने अवस्था रहनेछ।’
सिंहले रुग्ण आयोजनालाई भने बजेटले सम्बोधन गर्न नसकेको बता। ‘रुग्ण आयोजनाहरुलाई नीति तथा कार्यक्रममा सम्बोधन गरे पनि बजेटमा त्यो आउन सकेन’, उनले भने, ‘रुग्ण आयोजना सञ्चालनमा ल्याउन कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्छ।’

अध्यक्ष सिंहले ३ करोडभन्दा कमका आयोजना बनाउन नपाउने भनेको अवस्थामा यसले विकासमा सकारात्मक प्रभाव पर्ने बताए।सार्वजनिक खरिद ऐनमा भएको संसोधनले आयोजनाहरु सम्पन्न गर्न नसकिएकोले यसबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS