IME Life New

सरकारले ल्यायो आय विवरण पेस नगरेका करदातालाई छुट सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आय विवरण पेस नगरेका व्यक्तिलाई छुट दिने व्यवस्था गरेको छ।

सरकारले आर्थिक विधेयक, २०८२ मा यस्तो छुट व्यवस्था गरेको हो। विधेयकबमोजिम आय विवरण पेस नगरेका व्यक्तिलाई आयकर ऐन, २०५८ को दफा १०१ बमोजिम विभागमा सम्बन्धित कर कार्यालयनबाट कुनै आय वर्षका लागि संशोधित कर निर्धारण गरिएकोमा संशोधित कर निर्धारणपश्चात त्यस्ता व्यक्तिले आफूले बुझाउनुपर्ने सो आय वर्षको आय विवरण दाखिला गरी सोअनुसार कर रकम बुझाइसकेको भएमा वा आय विवरण बुझाउन बाँकी रहेकोमा यो छुट सुविधा लिन पाउनेछन्।

Esewa
Crest

यो छुट सुविधा पाउन २०८२ पुस मसान्तभित्र आय विवरण बुझाई सोअनुसारका कर दाखिला गर्न सक्नेछन्।

यसरी प्राप्त भइसकेको वा हुने आय विवरणको सम्बन्धमा सम्बन्धित कर कार्यालयबाट २०८३ असार मसान्तभित्र कर परीक्षण गरी पुनः संशोधित कर निर्धारण गर्न सकिने व्यवस्था सरकारले गरेको छ। त्यस्तो अवस्थाको कर निर्धारणमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० को उपदफा (४) र आयकर ऐन, २०५८ को दफा १०१ को उपदफा (३) बमोजिम हदम्याद लाग्ने छैन।

यसरी दाखिला भएको कर विवरण सम्बन्धमा परीक्षण गरी पुनः संशोधित कर निर्धारण गरिएकोमा बाहेक कार्यालयबाट साबिकमा गरिएको संशोधित कर निर्धारण आदेश कार्यान्वयन नगरिने विधेयकमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS