IME Life New

वित्तीय क्षेत्रका सार्वजनिक संस्थानको आय बढ्यो, सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ मा आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये वित्तीय क्षेत्रका संस्थानको आय बढेको छ। जसमध्ये सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकको रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।

प्रतिनिधिसभामा बिहीबार प्रस्तुत गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८२ अनुसार वित्तीय क्षेत्रका १० संस्थानको कुल सञ्चालन आय गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३.२७ प्रतिशतले बढेर ९० अर्ब ६६ करोड ६१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ८७ अर्ब ७९ करोड २६ लाख रुपैयाँ रहेको थियो। यसमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सबैभन्दा बढी २९ अर्ब ७४ करोड २६ रुपैयाँ सञ्चालन आय रहेको छ।

Esewa
Crest

विशेषगरी वित्तीय सेवालगायतका केही क्षेत्रका सार्वजनिक संस्थानको कार्यसम्पादन अपेक्षिकृत र सन्तोषजनक रहेको अर्थमन्त्री पौडेलले बताए। उनले भने, ‘विशेषतः वित्तीय, सेवा, व्यापारिक र जनोपयोगी क्षेत्रका सार्वजनिक संस्थानको कार्यसम्पादन अपेक्षाकृत सन्तोषजनक रहेको छ।’

त्यस्तै, आर्थिक वर्ष २०७९।८० मा वित्तीय क्षेत्रको संस्थानको खुद नाफा १९ अर्ब ३९ करोड ६४ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २१.८० प्रतिशतले घटेर १५ अर्ब १६ करोड ८६ लाख रुपैयाँ कायम भएको छ।

राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोष र नेपाल बैंकको खुद नाफामा कमी आएकोले यस क्षेत्रको समग्र खुद नाफामा कमी आएको सर्वेक्षणमा उल्लेख छ।

आर्थिक वर्ष २०७९।८० मा यस क्षेत्रको कुल सञ्चित नाफा १२ अर्ब ४७ करोड ४५ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०।८१ मा १२.७५ प्रतिशतले घटेर १० अर्ब ८८ करोड ३६ लाख रुपैयाँ कायम भएको सवेइक्षणमा उल्लेख छ। राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको सञ्चित नाफामा आएको कमीले गर्दा यस क्षेत्रको समग्र सञ्चित नाफा घटेको सर्वेक्षणमा उल्लेख छ।

आर्थिक वर्ष २०८०।८१ मा वित्तीय क्षेत्रका संस्थानको कुल प्रशासनिक खर्च ३.७४ प्रतिशतले बढेर १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ कायम भएको छ। आर्थिक वर्ष २०७९।८० मा यी क्षेत्रको कुल प्रशासनिक खर्च १५ अर्व ५५ करोड ३८ लाख रुपैयाँ थियो।

वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी संख्या आर्थिक वर्ष २०८०।८१ मा १४.९६ प्रतिशतले बढेको छ। आर्थिक सर्वेक्षणअनुसार यस अवधिमा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा कार्यरत कर्मचारी संख्या १० हजार ८ सय २९ जना पुगेको छ।

यस अवधिमा सञ्चालन आयमा प्रतिकर्मचारी योगदान ९.५२ प्रतिशतले घटेर ८३ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ। प्रस्तुत तथ्यांकले कर्मचारी उत्पादकत्वमा ह्रास आएको देखिएको छ भने यस क्षेत्रको औसत ऋण पुँजी अनुपात ०.२५ रहेको छ।

आर्थिक वर्ष २०८०।८१ मा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानले सरकारलाई भुक्तानी गर्न बाँकी ऋण रकम सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अभिलेखअनुसार अघिल्लो वर्षको तुलनामा २२४ प्रतिशतले वृद्धि भई २८ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यसका साथै समीक्षा अवधिको अन्त्यसम्ममा यस क्षेत्रमा नेपाल सरकारको कुल शेयर लगानी पनि ३.०४ प्रतिशतले बढेर ५९ अर्व ५ करोड १३ लाख रुपैयाँ पुगेको छ। यस क्षेत्रमा सरकारी ऋण दायित्वमा उच्च वृद्धि र शेयर लगानीमा सामान्य वृद्धि भएको स्थिति दर्शाएको प्रतिवेदनले जनाएको छ।

गत आर्थिक वर्षमा वित्तीय क्षेत्रका संस्थानमध्ये राष्ट्रिय वाणिज्य बैंकबाट ८५ करोड ९८ लाख लाभांश सरकारलाई प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीबाट ६५ करोड ६५ लाख रुपैयाँ, नेपाल स्टक एक्स्चेन्जबाट ३७ करोड ५४ लाख रुपैयाँ र नागरिक लगानी कोषबाट १ करोड ३८ लाख रुपैयाँ गरी नेपाल सरकारलाई १ अर्ब ९० करोड ५७ लाख रुपैयाँ लाभांश प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS