IME Life New

राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९९ करोड विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेट विनियोजनबारे जानकारी गराएका हुन्। ‘बेरोजगारी समस्या दिगो रुपमा समाधान गर्न श्रम बजारको मागअनुरुप युवा जनशक्तिको सीप र दक्षताको विकास गरिनेछ’, उनले भने।

Esewa
Crest

रोजगारको खोजीमा रहेको सीपयुक्त जनशक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने पनि पौडेलले जानकारी दिए। ‘निजी क्षेत्रको छाता संगठनहरुसँग सहकार्य गरेर सबै प्रदेशमा रोजगार मेला आयोजना गरिनेछ’, उनले भने।

अर्थमन्त्री पौडेलले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमूलक बनाउन श्रम गन्तव्यको विविधीकरण गरिने बताए। ‘श्रम कूटनीतिका माध्यमबाट थप मुलुकहरुसँग द्विपक्षीय श्रम सम्झौता गरिनेछ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS