काठमाडौं । सरकारले निजी क्षेत्रको सहकार्यमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ।
संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।
यसैगरी पाँचखाल र सिमरास्थित विशेष आर्थिक क्षेत्रलाई निजी क्षेत्रको सहभागिता सञ्चालन गरिने पनि अर्थमन्त्री पौडेलले बताए। ‘तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका वस्तु लक्षित निर्यात रणनीति अवलम्बन गरिनेछ’, उनले भने, ‘व्यापार पूर्वाधारको विकास र प्रविधि हस्तान्तरणमा प्राथमिकता दिइनेछ।’

















