काठमाडौं । सरकारले जियोस्टेशनरी स्याटलाइट अर्बिट(भूस्थिर उपग्रह कक्ष) मा नेपालको आफ्नै भूउपग्रह स्थापनाका लागि आधार तयार गर्ने भएको छ ।
बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२।८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
“जियोस्टेशनरी स्याटलाइट अर्बिटमा नेपालको भूउपग्रह स्थापनाको आधार तयार गरिनेछ,” उनले भने ।
सरकारले गरेको यो घोषणा कार्यान्वयनमा आउनेमा भने आशंका व्यक्त गरिएको छ। यसअघि पनि सरकारले यस्तो घोषणा गरेपनि कार्यान्वयनमा आएन ।

















