IME Life New

नेपालीलाई विदेशमा उत्पादनमुलक उद्योगमा लगानी गर्न खुल्ला गर्ने ऐतिहासिक निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले निर्यातजन्य उद्योगका लगानीकर्तालाई विदेशमा लगानी गर्ने बाटो खुल्ला गर्ने भएको छ।

निर्यातजन्य वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई कुल निर्यात रकमको २५ प्रतिशतसम्म बराबर हुने रकम विदेशमा लगानी गर्न दिइने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत जानकारी गराएका हुन् ।

Esewa
Crest

मन्त्री पौडेलले प्रतिनिधि सभा बैठकमा घोषणा गरेका छन् ‘नेपालबाट विदेशमा बिक्री वा अर्द्धप्रशोधित सामाग्री निर्यात गरी विदेशमा प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’  ।

विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने शर्त राखिएको पनि उनले जानकारी दिए । विदेशमा गरिने लगानीको लगानी बोर्डबाट स्वीकृति लिनुपर्नेछ।

सरकारले विदेशी मुलुकको सूचना प्रविधिमा आधारित व्यवसायमा नेपाली नागरिकको लगानीका लागि भने अध्यादेशमार्फत व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS