काठमाडौं । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।
संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्। स्टार्टअपहरुलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको पौडेलले जानकारी दिए।
पौडेलले जेन–जी पुस्तालाई लक्षित गरी नवप्रवर्तनमा आधारित स्टार्टअपलाई प्राथमिकता दिइने घोषणासमेत गरेका छन्।

















