IME Life New

सार्वजनिक संस्थानबाट सरकारले पाउने लाभांश खुम्चियो, २८ वटा नाफामा, १५ वटा घाटामा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सार्वजनिक संस्थानबाट पाउने लाभांश खुम्चिएको छ।

संसदको आज संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०।८१ आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्। ‘सार्वजनिक संस्थानबाट नेपाल सरकारलाई आर्थिक वर्ष २०७९।८० मा रु. १३ अर्ब ७५ करोड लाभांश प्राप्त भएकोमा आर्थिक वर्ष २०८०।८१ मा घटेर रु. ८ अर्ब ८३ करोड प्राप्त भएको देखिएको छ’, पौडेलले भने, ‘कुल शेयर लगानीको तुलनामा लाभांश अनुपात विश्लेषण गर्दा आर्थिक वर्ष २०८०।८१ मा २.४ प्रतिशत रहेको छ।’

Crest

हाल नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्। तीमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका छन्।

सञ्चालनमा रहेका संस्थानमध्ये २८ वटा नाफामा, १५ वटा घाटामा र २ वटा बन्द अवस्थामा छन्। आर्थिक वर्ष २०८०।८१ मा सार्वजनिक संस्थानको खुद नाफा रु.४२ अर्ब ६२ करोड पुगेको छ। जुन गत समीक्षा अवधिको तुलनामा १२.८८ प्रतिशतले कम हो।

नोक्सानीमा रहेका संस्थानको खुद नोक्सानी रु.३ अर्ब ६३ करोड रहेको छ। नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै आर्थिक वर्ष २०८०।८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्षभन्दा २.२० प्रतिशतले वृद्धि भई रु.२९ खर्व १० अर्ब १७ करोड पुगेको छ। सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा शेयर लगानी रु. ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु. ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०।८१ मा संस्थानको कुल सञ्चालन आय रु. ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS