IME Life New

पियोर इनर्जीको शेयर मंगलबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पियोर इनर्जीको शेयर भोलि मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

पियोर इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबारमा आउने भएकोले यो कम्पनीको शेयर मंगलबारबाट कारोबारमा आउने भएको हो।

Esewa
Crest

नेप्सेमा पियोर इनर्जीको १०० रुपैयाँ अंकित दरका कुल ८० लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ६४ लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको १६ लाख कित्ता (२० प्रतिशत) रहेको छ।

नेप्सेले पियोर इनर्जीलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९६.४५ रुपैयाँ र अधिकतम २८९.३५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ।

भोलि स्पेसल प्रि–सेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

पियोर इनर्जीले गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आइपीओ बाँडफाँड भने धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा वैशाख ११ गते गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS