IME Life New

सूर्यज्योति लाइफमा जागिर खुल्यो, यी स्थानमा ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्ट बन्ने अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र ट्रेनी असिस्टेन्टका लागि दरखास्त खुला गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै यी दुवै पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीको दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सीतापाइला शाखामा ब्रान्च म्यानेजरका लागि दरखास्त आह्वान गरिएको छ। ब्रान्च म्यानेजरका लागि कम्तीमा स्नातक गरेको तथा बीमा, बैंकिङ र वित्त क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव चाहिने कम्पनीले जनाएको छ।

Esewa
Crest

ब्रान्च म्यानेजरका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवार दरखास्त दिन सक्नेछन्। जीवन बीमा प्रडक्टसम्बन्धी ज्ञान भएर नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने तथा सेल्स र मार्केटिङसम्बन्धी दक्षता भएकालाई कम्पनीले ब्रान्च म्यानेजरमा प्राथमिकता दिनेछ।

यसैगरी कम्पनीको भोटेओडार, लालबन्दी र रसुवा शाखामा ट्रेनी असिस्टेन्टका लागि दरखास्त खुलाइएको छ। यो पदका लागि उम्मेदवारले कम्तीमा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ। म्यानेजमेन्ट र बिजनेस स्टडीमा स्नातक गरेकालाई कम्पनीले प्राथमिकता दिनेछ।

ट्रेनी असिस्टेन्टका लागि उम्मेदवार उमेर हद १८ वर्ष नाघेको तर ३५ वर्ष ननाघेको हुनुपर्नेछ। माइक्रोसफ्ट वर्ड, एक्सेल, ई–मेल चलाउन जान्ने तथा नेपाल र अंग्रेजी दुवैमा टाइप गर्न सक्ने हुनुपर्छ। सामान्य अकाउन्टिङ जानेका र जीवन बीमा प्रडक्टबारे ज्ञान भएकालाई कम्पनीले ट्रेनी असिस्टेन्टका लागि प्राथमिकता दिनेछ।

इच्छुक उम्मेदवारले यही मे १६ तारिख साँझ ५ बजेसम्म डिजिटल माध्यमबाट आवेदन दिनुपर्नेछ। कम्पनीले सर्टलिस्ट गरेका उम्मेदवारलाई मात्रै छनौट प्रक्रियाका लागि बोलाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS