IME Life New

बैंकको खराब कर्जामा सरकारको ध्यान, सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो बैंक तथा वित्तीय संस्थाहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिले सरकारको ध्यान खिचेको छ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बैंकहरुको बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न खोजेको छ। यसका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने सरकारले नीति लिएको छ।

Esewa
Crest

संघीय संसदको संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारेमा जानकारी गराएका हुन्।

यसैगरी सूचना प्रविधि तथा पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने सरकारले नीति लिएको छ। नीतिगत तथा कानुनी व्यवस्थापन गरी डिजिटल बैंक स्थापना गरिने सरकारको योजना छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS