IME Life New

मुख्य सूचकहरुबाट हेरौँ मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म मुलुकको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार मुलुकको आर्थिक अवस्था सन्तोषजनक नै देखिएको छ।

मुलुकमा विदेशी मुद्राको सञ्चिति बढेको छ। २०८१ असार मसान्तमा रु. २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशतले वृद्धि भई २०८१ फागुन मसान्तमा रु. २४ खर्ब ९ अर्ब २५ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ।

Crest

यसैगरी यो ८ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

२०८१ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो। फागुनसम्म कुल वस्तु निर्यात ५७.२ प्रतिशतले वृद्धि भई रु.१५८ अर्ब १७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.० प्रतिशतले कमी आएको थियो।

चालु आर्थिक वर्षको ८ महिनामा कुल वस्तु आयात ११.२ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.७ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिसम्म कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा २.५ प्रतिशतले कमी आएको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई रु.१०५१ अर्ब ७७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा चालु खाता रु.१८० अर्ब ८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३१० अर्ब ३७ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३२७ अर्ब ५५ करोडले बचतमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS