IME Life New

नेपाल भारत इनर्जी समिटः भारतीय लगानीकर्तालाई ढुक्कले लगानी गर्न अध्यक्ष कार्कीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलनको अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने महत्वकांक्षी लक्ष्य लिएको, त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए ।

उनले २०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए ।

Esewa
Crest

नेपाल र भारत बीच हाल १००० मेगावाट विद्युत आदान प्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्‍याउने विषयमा दीर्घकालिन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए ।

नेपाल लगानी बोर्डद्वारा गरिएको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य उर्जा उत्पादन क्षमता ४।३२ गिगावाट भन्दा बढी रहेकोले सौर्य ऊर्जामा पनि नेपाल भारतीय लगानीकर्ताहरूको लागि आकर्षक गन्तव्य हुन सक्ने कार्कीले बताए ।

नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जीएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपीसी जस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको पनि उनले जानकारी गराएका थिए ।

नेपालको प्रचुर जलविद्युत उत्पादन सम्भावनालाई वास्तविकतामा परिणत गर्दै नेपाललाई क्षेत्रीय बजारमा बढीरहेको ऊर्जाको मागलाई परिपूर्ति गर्ने मुलुकको रुपमा विकास गर्न सकिने कार्कीको भनाई थियो ।

इप्पान उपाध्यक्ष आनन्द चौधरीले प्रस्तुतीकरण दिँदै नेपालमा ३५०० मेगावाट विद्युत उत्पादन भइरहेकोमा ४ हजार मेगावाट बराबरका आयोजना निर्माणाधिन रहेको, ४१०० मेगावाट क्षमताका आयोजनाहरु विद्युत खरिद विक्री सम्झौता (पीपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेकोले आकर्षक आयोजना छानेर लगानी गर्न सक्ने अवसर भारतीय लगानीकर्तामाझ रहेको बताए ।

उनले निजी तथा सरकारी स्वामित्वमा रहेका नेपालका ठूला र आकर्षक ३ दर्जन जलविद्युत आयोजनाहरुको वारेमा भारतीय लगानीकर्तालाई संक्षिप्त जानकारी पनि गराए ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव चिरञ्जिवी चटौतले सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन लक्ष्य प्राप्तिका लागि मन्त्रालयले धेरै कुरामा सहजीकरण गर्ने हुँदा ढुक्कसँग नेपालमा लगानी गर्न आग्रह गरे ।

अहिले विद्युत उत्पादनका लागि उपयुक्त नीति रहेको, नेपाल र भारतबीच ४०० केभीको एएटा प्रसारणलाइन सञ्चालनमा रहेको र थप २ वटा लाइन निर्माणाधिन रहेकोले विद्युत उत्पादन र आदान प्रदानका लागि पर्याप्त पूर्वाधार तयार रहेको उनले बताए ।

नेपालको जलविद्युत नीति लगानीकर्ताहरुको संरक्षणका लागि उपयुक्त र उत्कृष्ट रहेकोले नेपालमा लगानीका लागि सबै ठूला भारतीय लगानीकर्ताहरुलाई चटौतले आग्रह गरे ।

जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीका अवसरहरूको खोजी (Exploring Investment Opportunities in Hydropower and Renewable Energy Sector) भन्ने नारा सहित नेपाली राजदुतावास भारत र IFGE (Indian Federation of Green Energy) को आयोजना तथा इप्पानको संस्थागत सहभागीतामा उक्त सम्मेलन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS