IME Life New

वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले भित्र्याए सवा २ अर्ब बढी, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायबाट जीवन बीमकले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म सवा २ अर्ब रुपैयाँ बढी भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखिएको हो। यो ८ महिनामा ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २४ लाख ३६ हजार २२१ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर २ अर्ब २८ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

Esewa
Crest

कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ३९.०१ प्रतिशत देखिएको छ। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको फागुनसम्म ८८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ५६ करोड ८९ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २४.९४ प्रतिशत रहेको छ।

त्यस्तै तेस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ७.५४ प्रतिशत रहेको छ। कम्पनीले ८ महिनामा १७ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर आइएमई लाइफले १५ करोड ५२ लाख रुपैयाँ (६.८० प्रतिशत), नेसनल लाइफले १४ करोड २८ लाख रुपैयाँ (६.२६ प्रतिशत), सानिमा रिलायन्स लाइफले ११ करोड ५० लाख रुपैयाँ (५.०४ प्रतिशत), रिलायबल नेपाल लाइफले ७ करोड ९० लाख रुपैयाँ (३.४६ प्रतिशत), सूर्यज्योति लाइफले ७ करोड ५७ लाख रुपैयाँ (३.३२ प्रतिशत), सिटिजन लाइफले ६ करोड ७८ लाख रुपैयाँ (२.९७ प्रतिशत), प्रभु महालक्ष्मी लाइफले ४४ लाख १९ हजार रुपैयाँ (०.१९ प्रतिशत) र हिमालयन लाइफले ४१ लाख ११ हजार रुपैयाँ (०.१८ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

लघु जीवन बीमातर्फ वैदेशिक रोजगार बीमालेख बिक्री गरेर लिबर्टी माइक्रो लाइफले २८ लाख ९४ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले २८ लाख ८४ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ४ लाख ५१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। वैदेशिक रोजगार बीमा व्यवसायमा भने लिबर्टी र गार्डिन माइक्रो लाइफको हिस्सा समान ०.१३ प्रतिशत र क्रेष्ट माइक्रो लाइफको ०.०२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS