IME Life New

जीवन बीमकको १०.३३%ले बढ्यो व्यापार, कसको बिजनेस ग्रोथ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले फागुनसम्म १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमालेख बिक्री गरेर १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार १०.३३ प्रतिशतले बढेको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा जीवन बीमकको व्यापार बढेको छ भने एउटाको घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले सिटिजन र रिलायबल नेपाल लाइफ अगाडि रहेका छन्।

चालु आर्थिक वर्षको फागुनसम्म नेपाल लाइफले २९ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.७८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले फागुनसम्म १३ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ११ अर्ब ५६ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनाम समीक्षा अवधिमा कम्पनीको व्यापार १७.८७ प्रतिशतले बढेको छ।

तेस्रो लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। अघिल्लो वर्ष ११ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिसम्म ८.४९ प्रतिशतले बढेर १२ अर्ब ५६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म हिमालयन लाइफले ११ अर्ब २२ करोड २७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा हिमालयन लाइफको व्यापार ०.३८ प्रतिशत, सूर्यज्योति लाइफको १७.२९ प्रतिशत, एसियन लाइफको १०.४६ प्रतिशत र सिटिजन लाइफको २०.४३ प्रतिशतले बढ्दा राष्ट्रिय जीवन बीमा कम्पनीको १४.३७ प्रतिशतले घटेको छ।

फागुनसम्म सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब ८८ करोड ९ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २८ करोड ७८ लाख रुपैयाँ, प्रमु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७० करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा सानिमा रिलायन्स लाइफको व्यापार १२.८६ प्रतिशत, मेटलाइफको ६.८० प्रतिशत, आइएमई लाइफको १६.३२ प्रतिशत, प्रमु महालक्ष्मी लाइफको १७.६३ प्रतिशत, रिलायबल नेपाल लाइफको २०.६६ प्रतिशत र सन नेपाल लाइफको ९.३८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS