IME Life New

चैत १९ बाट हकप्रद ल्याउँदै दोर्दी खोला जलविद्युत, कहिलेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युतले आफ्ना शेयरधनीहरुका लागि चैत १९ गतेदेखि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्री खुलाउनेछ।

Esewa
Crest

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले गत फागुन १५ गते बुकक्लोज गरेको थियो। यसको अर्थ फागुन १३ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। लगानीकर्ताले २०८१ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS