IME Life New

पोलिसी बजारको दुई वर्ष पुरानो त्यो विज्ञापन जसले भारतमा फेरी निम्त्यायो विवाद

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा कम्पनीको वेब एग्रिगेटर पोलिसी बजारले सार्वजनिक गरेको मात्र १० सेकेण्डको विज्ञापन सामाग्रीले भारतीय बजारमा पुनः एक पटक विवाद निम्त्याएको छ। यो बीमा एग्रिगेटरले म्यादी बीमाको प्रचार गर्ने उद्देश्यले अनलाइन प्लाटफर्म र टेलिभिजन पर्दामा दुई वर्ष अघि नै सार्वजनिक गरेको एउटा संक्षिप्त श्रव्यदृश्य सामाग्रीले पुनः विवाद निम्त्याएको हो।

विज्ञापनमा मध्यम वर्गिय परिवारकी जस्तो देखिने एकजना एकल महिलाले छोराछोरीको पढाई खर्च, घर बहाल कति जिम्मेवारी छन् टाउकामा, तिमी त म्यादी बीमा नै पनि नगरी गयाैं भन्दै भित्तामा माला पहिर्याएर झुण्ड्याइएको आफ्नो स्वर्गिय श्रीमानको तस्वीर हेर्दै गुनासो गरि रहेकी हुन्छिन् । श्रीमानको तस्वीरसँगको संक्षिप्त संवाद सकिएलगत्तै पृष्ठभूमीबाट अर्की एक महिलाको आवाजमा पोलिसी बजारमा एक करोड रूपैयाँको म्यादी बीमा मासिक भारू ४३० मै उपलब्ध रहेको सूचना सुनिन्छ।

Esewa
Crest

यो विज्ञापनमा परिवारका लागि पुरूष अभिभावकको महत्व भनेको बालबच्चाको पढाई, घर खर्च चलाउने काम सम्मका लागि मात्रै हो भन्ने अर्थमा मानवीय संवेदना र पुरूष प्रतिको दृष्टीकोण दुबैमा पोलिसी बजार डट कमको व्यवस्थापन निक्कै असंवेदनशील देखिएको भन्दै आलोचना भइरहेको छ।

आइतबार भारत र पाकिस्तान बीचको क्रिकेट खेल हट स्टार च्यानलबाट प्रशारण भइरहँदा एक वर्ष पुरानो विज्ञापन अभियान अन्तर्गतको यो दश सेकेण्ड लामो विज्ञापन प्रशारण गरिएको थियो। सामाजिक सञ्जाल एक्समा भारतीयहरूले यो विज्ञापन विल्कुलै अमानवीय र मृतक प्रति असंवेदनशील रहेको भन्दै चर्को आलोचना गरेका छन् । विज्ञापनको सम्बन्धमा पोलिसी बजार डटकमले कुनै औपचारिक प्रतिकृया सार्वजनिक गरेको छैन ।

पोलिसी बजार डट कम, भारतको विभिन्न बीमा कम्पनीहरूको बीमा योजनाहरूको विशेषता, बीमाशुल्क, क्षतिपूर्तीवापत प्राप्त हुने रकम, बीमाङ्क, बोनश दर लगायतको तुलना सहितको जानकारी दिएर ग्राहकलाई अनलाइनमार्फत बीमालेख बिक्री गर्ने दलाल कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS