IME Life New

अमेरिकामा थुप्रै यूएसएड कर्मचारीलाई जबरजस्ती बिदामा पठाइयो, धेरैलाई जागिरबाट निकालियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले यूएसएडका अधिकांश कर्मचारीलाई बिदामा पठाएको छ वा निकालेको छ।

युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (यूएसएड)का ४ हजार २०० कर्मचारीलाई बिदामा पठाइएको छ। यसबाहेक कम्तीमा १ हजार ६०० कर्मचारीलाई जागिरबाट निकालिएको छ। तीमध्ये कतिजना कर्मचारीलाई फिर्ता गर्ने भन्ने टुंगो छैन।

Esewa
Crest

ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीको योजनाअन्तर्गत संघीय कर्मचारीको संख्या घटाउने प्रयास गरिरहेको छ।

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनको यो योजनालाई प्रतिबन्ध लगाएको थियो। तर, शुक्रबार भनिएको कि यो प्रतिबन्ध स्थायी हुने छैन।

यूएसएड सन् १९६१ मा स्थापना भएको थियो। जसमा हालको लागत कटौती अघिसम्म करिब १० हजार कर्मचारी कार्यरत थिए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS