IME Life New

युक्रेनमा युरोपेली सेना तैनाथलाई लिएर ट्रम्पको चेतावनी–‘तेस्रो विश्वयुद्ध सुरु हुन सक्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युरोपेली सेना तैनाथ गर्ने कुराको विरोध गरेका छन्। ट्रम्पले शान्ति सम्झौतापछि युरोपले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनमा युद्धविराम अघि नयाँ चुनावको माग गरेका छन्। जसको अर्थ भोलोडिमिर जेलेन्स्कीको स्थानमा नयाँ राष्ट्रपतिको निर्वाचन हो भन्ने विश्वास गरिएको छ।

Esewa
Crest

ट्रम्पको यो भनाइ यस्तो बेला आएको हो, जब अमेरिका र रुसका शीर्ष कूटनीतिज्ञ युक्रेन युद्धबारे छलफल गर्न साउदी अरेबियामा भेटेका छन्। जेलेन्स्कीले युक्रेनलाई बैठकबाट बाहिर राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले युक्रेनमा शान्ति सेनाअन्तर्गत १ लाख सैनिक तैनाथ गर्न पनि माग गरेका छन्।

फ्लोरिडामा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले चेतावनी दिएका छन्, ‘यदि युरोपले युक्रेनमा शान्ति सेना पठाएमा द्वन्द्व विश्वव्यापी युद्धमा परिणत हुन सक्छ। युरोपबाट युक्रेनमा सेना पठाउने कुरा भइरहेको छ। यसले यो लडाइलाई तेस्रो विश्वयुद्धमा परिणत गर्न सक्छ।’

बेलायती प्रधानमन्त्री केयर स्टारमर र अन्य युरोपेली नेताले युक्रेनमा शान्ति सेना पठाउने प्रस्ताव गरेका छन्। ट्रम्पले भनेका छन्, ‘युक्रेनको नेतृत्वले युद्धलाई लम्ब्याउने अनुमति दिएको छ, त्यो कहिल्यै हुनुहुँदैन।’

युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र रुसका शीर्ष कूटनीतिज्ञहरुले रियादमा वार्ता गरेका छन्। वार्तामा दुवै देशका परराष्ट्रमन्त्रीहरुको उपस्थिति रहेको थियो। करिब पाँच घन्टाको वार्तापछि दुवै पक्षले अन्तिम शान्ति सम्झौताअघि युक्रेनमा चुनाव गराउनुपर्नेमा सहमति जनाएका थिए। यो प्रस्तावले जेलेन्स्कीलाई युक्रेनको राष्ट्रपतिबाट हटाउने र किभमा रुस समर्थक नेतृत्व ल्याउन सक्ने अनुमान गरिएको छ।

डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ चुनाव गराउने प्रस्ताव रुसी पक्षबाट नभई आफूबाट आएको स्पष्ट रुपमा भनेका छन्। उनले युक्रेनमा लामो समयदेखि निर्वाचन नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS