IME Life New

भारतमा बीमा आस्बा लागू, अब बीमा प्रस्तावसँगै बीमितको बैंक खातामै पैसा रोक्का हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक बीमा नियमन तथा विकास प्राधिकरणले, बीमा आस्बा सेवा सार्वजनिक गरेको छ। सूचना प्रविधिमा आधारित यो सेवाले जीवन बीमा र स्वास्थ्य बीमा योजना जारी गर्न एकीकृत भुक्तानी इन्टरफेस (युपिआई जनादेश) मार्फत बीमाशुल्कवापतको रकम ब्लक(रोक्का) गर्न बीमकलाई स्वीकृति दिएको छ।

मंगलबार एक विस्तृत परिपत्र जारी गर्दै, नियामकले भनेको छ, बीमकहरूले मार्च १ देखि जीवन र स्वास्थ्य बीमा योजनाहरूको लागि आफ्नो सम्भावित बीमितलाई अनिवार्यरूपमा बीमा आस्वा सेवा प्रदान गर्नुपर्नेछ।

Esewa
Crest

पब्लिक कम्पनीले प्राथमिक शेयर निष्काशन गर्दा ग्राहकले माग गरेको शेयर कित्ता बराबरको रकम बैंक खातामा अस्थायी रोक्का गरे झैं अब भारतीय बीमा कम्पनीले पनि गर्ने भएका छन् । यो प्रकृया अन्तर्गत, बीमा प्रस्ताव फारम भरेर बुझाउने बीमितको खातामा भएको रकममध्ये प्रथम बीमाशुल्क बराबरको रकम बीमकले आस्बामार्फत रोक्का गर्नेछ। बीमा प्रस्ताव स्वीकृत भएको अवस्थामा खाताको रकम बीमकले आफ्नो खातामा तान्नेछ, अस्वीकृत भएको अवस्थामा रोक्का रकम फुकुवा गरिनेछ।

यो सुविधा सञ्चालनमा आएपछि अब बीमामा नगद कारोबार गर्नुपर्ने झण्झट हट्नेछ भने बीमितले बीमाशुल्क भुक्तानी गर्न प्रयोग गर्ने रकमको वित्तीय श्रोत समेत पारदर्शि हुनेछ। अभाैतिक कारोबारका कारण प्रथम बीमाशुल्कवापत जति सुकै ठूलो रकमको भुक्तानी गर्दा पनि बीमितले बीमकलाई कारोबारको समयमा श्रोत खुलाउनुपर्ने बाध्यता हुनेछैन, किनकी पहिले नै बैंकले यस्तो रकमको श्रोत पहिचान गरिसकेको हुन्छ।

भारतमा युपिआई मार्फत बीमितले खातामा रहेको रकम रोक्का गर्न एक पटक दिएको स्वीकृति अधिकतम १४ दिनको वैध अवधि वा अन्डरराइटिङ निर्णयको मितिमध्ये जुन पहिले आउँछ, त्यो मान्य हुनेछ।

नेपालमा पनि चाहिएको छ, बीमा आस्बा

नेपालमा पनि बीमा कम्पनीहरूले भारतमा लागू गरिए झैं बीमा आस्बा सेवाको आवश्यकता महशुस गरिरहेका छन् । पछिल्लो समयमा कर्मचारीहरू जागिर छोड्ने, नयाँ भर्ती हुने क्रम बढेको र जसरी पनि पैसा हात पार्ने मानसिकताको जनशक्तिहरू बैंकवित्तीय क्षेत्रमा देखा पर्न थालेपछि सञ्चालन जोखिम बढ्दै गएको भन्दै नगद रहित कारोबारमा जोड दिन लागेका छन् । यसैको परिमाणस्वरूप पछिल्लो समयमा विभिन्न छुट तथा उपहार योजनामार्फत बीमाशुल्क संकलन गर्दा डिजिटल भुक्तानी माध्यमको प्रयोगलाइ प्रोत्साहित गरिरहेका छन् ।

नगद कारोबारको जोखिम कम गर्न र पारदर्शिता कायम गर्न अधिकांश निर्जीवन बीमकले बीमाशुल्क डिजिटलमाध्यमबाट नै संकलन गर्ने प्रबन्ध मिलाएका छन्। सबै जीवन बीमकले नविकरण बीमाशुल्क डिजिटल वालेटबाट संकलन गरेपछि प्रथम बीमाशुल्क डिजिटल वालेटबाट संकलन गर्ने जीवन बीमक सीमित मात्र छन् ।

नेपालमा विद्युतीय कारोबारका लागि खातामा रहेको रकम रोक्का गर्ने सेवा सिडिएस क्लियरिङ हाउसले प्रदान गरिरहेको छ। सिडिएसले शेयर कारोबारका लागि प्रदान गरिरहेको सि आस्वा सेवालाई बीमा कारोबारका लागि समेत प्रयोगमा ल्याउन सके अपरेशनल रिस्क(सञ्चालन जोखिम) नियन्त्रणमा बीमकलाई सहज हुनेछ।

नेपाल बीमा प्राधिकरणले ग्राहक पहिचान गरेर मात्र बीमा प्रस्ताव स्वीकार्न वा पहिचान अध्यावधिक गरेर मात्र नविकरण बीमाशुल्क भुक्तानी लिने, बीमा दाबी भुक्तानी दिने काम गर्न निर्देशन दिंदै आएको छ। प्राधिकरणले यस्तो निर्देशन दिएपनि बीमकले व्यवहारिक कठिनाई व्यहोर्नु परिरहेको छ। सिडिएससँग रहेको बैंक खाता सम्बन्धित विवरण(ग्राहकको नाम, बैंक खाता नम्बर, बैंकको नाम) सम्बन्धि विवरणमा पहुँच नहुने भएकाले प्रस्तावमा जे जस्तो व्यहोरा उल्लेख छ,सोही व्यवहोरा नै सत्य हो भन्ने मान्नुपर्ने बाध्यता बीमकसँग छ। यसले गर्दा प्रस्ताव फारममा उल्लेखित बीमितको व्यक्तिगत विवरण, बैंक खाता विवरण सत्यापन परिक्षण गर्न सकेका छैनन् ।

जीवन बीमा कम्पनीहरूको बीमाकोषको आकार साढे सात खर्ब रूपैयाँ नाघ्न थालेको छ। यो कोषको आकार झन् झन् ठूलो हुँदै गएको छ, त्यसैले बीमा सम्बन्धि भुक्तानीको कुनै पनि कारोबार अभाैतिकरूपमा(प्रथम बीमाशुल्क, नविकरण बीमाशुल्क र बीमा दाबी भुक्तानी) पूर्णत डिजिटल माध्यमबाट हुन सकेको अवस्थामा नगद कारोबारसँग जोडिने सञ्चालन जोखिम नियन्त्रणमा ल्याउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS