IME Life New

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर आज फागुन १ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्ता शेयर खरिका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति फागुन ९ गतेसम्म तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS