IME Life New

चीनमा बीमा कम्पनीलाई सुनमा लगानी गर्ने बाटो खुल्यो, के नेपालमा पनि होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियाली शक्ति राष्ट्र चीनले, प्रमुख दश वटा बीमा कम्पनीलाई पहिलो पटक बहुमूल्य धातु सुनमा लगानी गर्न स्वीकृति प्रदान गरेको छ। सरकारको स्वीकृतिसँगै चिनियाँ बजारमा २७ अर्ब ४० करोड रूपैयाँसम्म लगानी प्रवाह हुनसक्छ र सुनको मूल्य समेत प्रभावित पार्न सक्छ।

ब्लूमबर्गले उल्लेख गरे अनुसार, शुक्रबारदेखि लागू भएको नयाँ लगानी कार्यक्रम अन्तर्गत, बीमकले आफ्नो सम्पत्तिको १ प्रतिशतसम्म सुनमा लगानीका लागि छुट्याउन सक्छन्। सुस्त घरजग्गा बजार र आर्थिक मन्दीको बीचमा चिनियाँ सरकारी अधिकारीहरूले वैकल्पिक लगानी विकल्पहरू खोज्दै गर्दा यो नीतिगत परिवर्तन आएको हो।

Esewa
Crest

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आर्थिक र भूराजनीतिक जोखिमका कारण २०२३ को अन्त्यदेखि सुनको मूल्य लगभग ४० प्रतिशतले बढेको छ। विश्वभरका केन्द्रिय बैंकहरूले मुद्रा स्फिती नियन्त्रणमा राख्नका लागि बहुमूल्य धातु सुनको खरिद र भण्डारणलाई प्राथमिकता दिन थालेका छन् । यसले गर्दा सुनमा लगानीका लागि चिनियाँ लगानीकर्ताको पहुँच खुम्चिन सक्छ।

गुओटाई जुनान सेक्युरिटीजका विश्लेषकहरूले भनेका छन्,चिनियाँ बीमकले स्थिर प्रतिफलका साथ मध्यम र दीर्घकालीन लगानी विकल्पहरू फेला पार्न चुनौतीको सामना गरिरहेका छन्।

एशिया इन्स्योरेन्स न्युजका अनुसार, बचत प्रकृतीका जीवन बीमालेखहरूको उच्च बिक्रीले बीमकहरूको लागत बढाएको छ, जसले गर्दा उनीहरूको वित्तीय दायीत्वहरूसँग मेल खाने उपयुक्त लगानी अवसरहरू फेला पार्न चुनाैती देखिएको छ।

नयाँ कार्यक्रमले चीनको बीमा लगानी नीतिहरूमा महत्त्वपूर्ण परिवर्तनलाई दर्शाएको छ, किनकि सुन पहिलो वस्तु हो जसमा बीमकहरूलाई लगानी गर्ने बाटो खुल्ला गरिएको छ। यो विकासले चीनको बीमा क्षेत्रमा वैकल्पिक सम्पत्तिहरूको बढ्दो मागलाई जोड दिन्छ र भविष्यमा लगानीका विकल्पहरू विस्तार गर्न थप नीतिगत परिवर्तनहरूको संकेत गरेको छ।

नेपालमा नेपाल बीमा प्राधिकरणले लगानी मार्गदर्शनमार्फत बीमकको लगानीलाई निर्देशित गर्दै आएपनि वस्तु वा बहुमूल्य धातुमा लगानीको सुविधा दिएको छैन । लगानी मार्गदर्शनमा बैंक वित्तीय संस्थाको मुद्दती निक्षेप, सूचीकृत कम्पनीको शेयर, ऋण पत्रमा लगानीको सीमा निर्धारण गरिएको छ। यसबाहेक राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्र पूर्वाधार निर्माण, पर्यटन, जलविद्युत, कृषी, वैकल्पिक उर्जा लगायतको क्षेत्रमा पनि लगानीको सीमा तोकेको छ।

चीनमा झैं नेपाली बजारमा पनि एकल अंक त्यसमा पनि पाँच प्रतिशतभन्दा मुनीको बचत ब्याज दरका कारण प्रतिबद्धता अनुसारको प्रतिफल जुटाउन जीवन बीमकलाई सकस पर्न थालेको छ। प्रारम्भमा परम्परागत लगानी(मुद्दती निक्षेप) बाहेक अन्यत्र लगानी गर्नुलाई जोखिम मान्दै आएका बीमकहरू अहिले उचित प्रतिफलका लागि लगानी विविधिकरणको विकल्प नभएको निष्कर्षमा पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS