IME Life New

बजेटको आकार घट्यो, यस्तो आयो अर्धवार्षिक समीक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा बजेटको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्दैै बजेटको आकार घटाएका हुन्।

चालु आर्थिक वर्षको बजेट माओवादी केन्द्र र एमालेलगायत दल सम्मिलित सरकारले ल्याएको थियो। अर्थमन्त्री वर्षमान पुन थिए। माओवादी केन्द्रसँग सत्ता साझेदारी भंग गर्दै एमालेले नेपाली कांग्रेस मिलेर नयाँ सरकार बनाएको थियो।

Esewa
Crest

अहिले त्यही सरकारले बजेट कार्यान्वयन गरिरहेको छ। बजेटको आकारमा ९१ प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्री पौडेलको छ।

चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याइएको थियो। अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री पौडेलले १६ खर्ब ९२ अर्ब रुपैयाँ बजेट कार्यान्वयन हुने अनुमान संसदबाट सार्वजनिक गरेका छन्। यो पूर्ण बजेटभन्दा १ खर्ब ६८ अर्ब रुपैयाँ कम हो।

अर्थमन्त्री पौडेलको अनुमानित बजेटका आधारमा चालु र पुँजीगत खर्च कम तर वित्तीय व्यवस्थापन खर्च सबैजसो खर्च हुने अनुमान छ। विगत ६ महिनामा उठेको राजस्व, अब उठ्न सक्ने स्रोत तथा खर्चको अवस्था हेरेर संशोधित आँकलन अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ। ‘चालु वर्षको बजेटमा वास्तविक रुपमा स्रोत र खर्चबीच तालमेल मिलेको छैन’, पौडेलले भने, ‘कतिपय ठाउँमा अनिवार्य दायित्वमा पनि अति कम बजेट छ।’

अर्थमन्त्री पौडेलले वर्तमान सरकार आएपछि केही सुधार भएको दाबी गरे। ‘कानुन सुधारको काम गरिरहेका छौँ। खर्च गर्ने आधार बढाएका छौँ’, उनले भने, ‘अहिलेको लक्ष्य पूरा हुनेछ।’

गत आर्थिक वर्षको तुलनामा खर्च ३३ प्रतिशतले बढाउने अनुमान गरेर सरकारले चालु वर्षको बजेट ल्याएको थियो। अर्धवार्षिक समीक्षाबाट पनि २६ प्रतिशत बढी खर्च हुने अनुमान गरिएको छ। अर्थमन्त्री पौडेलले आगामी दिनमा पुँजीगत खर्च बढ्ने आधारहरु तय भएको भन्दै रफ्तार बढ्ने बताए।

राजस्वतर्फ कुनै पनि आकलन पूरा नहुने अनुमान छ। वार्षिक बजेट ल्याउने क्रममा तीन खर्ब ७ अर्ब रुपैयाँ भन्सार महसुलवापत् उठाउने लक्ष्य राखिएको थियो। अर्धवार्षिक समीक्षाबाट २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै अनुमान गरिएको छ। आयकर ३ खर्ब ४० अर्ब रुपैयाँ अनुमान भएकामा मध्यावधि समीक्षाबाट २ खर्ब ९० अर्ब रुपैयाँमात्रै अनुमान गरिएको छ।

बजेटको-अर्धवार्षिक-समिक्षा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS