IME Life New

हङकङमा बीमा कर्मचारीको तलब ४% सम्मले बढ्ने अपेक्षा, नयाँ भर्ना हुनेले अझै बढी पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हङकङका बीमा कम्पनीहरुले यो वर्ष कर्मचारीको तलब बढाउने अनुमान गरिएको छ।

त्यहाँका बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको तलब औसतमा ३ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढाउन सक्ने डच मानव संसाधन परामर्शदाता कम्पनी रेन्डस्टेड एनभीले अनुमान गरेको छ। रेन्डस्टेड एनभीले जारी गरेको ‘जब मार्केट आउटलुक एन्ड स्यालेरी गाइड’मा बीमा कम्पनीमा भित्रिने नयाँ कर्मचारीको तलब अझै बढी हुन सक्ने उल्लेख गरेको छ।

Esewa
Crest

परम्परागत व्यवस्थाले हङकङमा रहेका बीमा कम्पनीहरुमा कार्यरत कर्मचारी तलब खासै बढ्न सकेको थिएन। ‘हाल बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको औसतमा ४ प्रतिशतसम्म बढ्न सक्छ’, स्यालेरी गाइडमा प्रक्षेपण गरिएको छ, ‘नयाँ भित्रिने कर्मचारीले भने, ‘पहिलेको तुलनामा १५ प्रतिशत बढीसम्म तलब माग गर्न सक्छन्।’

रेन्डस्टेड एनभीकी बीमासम्बन्धी प्रमुख परामर्शदाता डेमी पुन कम्पनीहरुले नयाँ सीपयुक्त कर्मचारी भर्ना गर्न आतुर रहेको बताइन्। ‘त्यसैले बीमा कम्पनीहरुले त्यस्ता नयाँ कर्मचारीलाई पहिलेभन्दा धेरै तलब दिन तयार छन्।’

महँगी र बढ्दो बसोबास लागतलाई समायोजन गर्न पनि बीमा कम्पनीहरुले कर्मचारीको तलब बढाउन लागेका हुन्। अर्कोतर्फ प्रतिस्पर्धी बजारमा तलब दिएर क्षमतावान र योग्य कर्मचारी भर्ना गर्न कम्पनीहरुले चाहिरहेका छन्। ‘यही कारण पनि अब बीमा कम्पनीहरुले भर्ना गर्ने नयाँ कर्मचारीको तलब पहिलेको तुलनामा निकै बढी हुन सक्ने देखिन्छ’, पुनले भनिन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS