IME Life New

लघुवित्तले ग्राहक संरक्षण कोषको रकम के-के उपयोग गर्न पाउँछन् ? यस्तो छ नियामकीय व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस २३ गते जारी गरेको ‘लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१’ मा लघुवित्त वित्तीय संस्थाहरुले ऋणीहरुको हितमा खर्च गर्नेगरी अलग्गै ग्राहक संरक्षण कोष खडा गर्नुपर्ने व्यवस्था गरिएको छ।

संस्थाले ग्राहक संरक्षण कोष सञ्चालनका लागि कार्यविधि तयार गर्नुपर्ने नियामकीय व्यवस्था गरिएको छ। उक्त कोषको रकम देहायबमोजिमका कार्यका लागि मात्र उपयोग गर्नुपर्दछः

Esewa
Crest
  • सम्पूर्ण ऋणीहरुको व्यवसाय सञ्चालन सीप जस्तैः लेखा राख्ने, वित्तीय विश्लेषण गर्ने तालिममा हुने खर्च,
  • उद्यमशीलता विकाससम्बन्धी कार्यक्रममा हुने खर्च,
  • समस्यामा परेका ऋणीहरुको पुनस्र्थापनाका लागि सहुलियत ब्याजदरको कर्जा,
  • ग्राहक तथा ऋणी सदस्यलाई मानवीय सहायता (सुत्केरी स्याहार, औषधी उपचार, काजक्रिया, शिशु स्याहार जस्ता) खर्च,
  • प्राकृतिक प्रकोप, सरूवा रोगबाट सिर्जित महामारीको अवस्थामा दिइने सहयोग,
  • सदस्यका बालबालिकाको भविष्यको लागि छात्रवृत्ति एवम् पाठ्यसामग्री प्रदान गर्दा,
  • सदस्यहरुको नियमित स्वास्थ्य जाँचको लागि हेल्थ क्याम्प सञ्चालन, १. नजिकको स्वास्थ्य चौकीहरुमा स्वास्थ्य उपकरण खरिदको लागि हुने खर्च,
  • वातावरणीय संरक्षण जस्तैः वृक्षरोपणजस्ता कार्यमा हुने खर्च ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS